जोशीपुरमा कांग्रेसका रामकृष्ण चौधरीले जित्दा सांसद पत्‍नी पराजित

नेपाल लोकतान्त्रिक फोरमका उपाध्यक्ष रामजनम चौधरीको जोशीपुर गाउँपालिकामा काँग्रेसले विजय हासिल गरेको छ । अध्यक्ष, उपाध्यक्ष सहित अधिकांश वडामा काँग्रेसले विजय हासिल गरेको निर्वाचन अधिकृत जीवनाथ पोख्रेलले जानकारी दिएका छन्।

विजयी हुनेमा अध्यक्ष रामकृष्ण चौधरी र उपाध्यक्षमा गीता कठरिया छन । चौधरीले ३ हजार ४३२ र कठरियाले ३ हजार ७६८ मत पाएका छन । प्रतिद्वन्द्वी लोकतान्त्रिक फोरमका बिरुप्रसाद चौधरीले २ हजार ७४१ र उपाध्यक्ष किरण चौधरीले ३ हजार ४८९ मत पाएका छन । बिरुप्रसाद पूर्वमन्त्री समेत रहेका रामजनमका दाई र किरण साँसद जनकराज चौधरीकी पत्नी हुन्।

वडाध्यक्षहरुमा वडा नं ४ बाहेक छ वटैमा काँग्रेसका उम्मेदवारले जितेका छन् । वडा नं १ मा विधि चौधरी, २ मा हेमलाल चौधरी, ३ मा इश्वर कठरिया, ५ मा देशराज चौधरी, ६ मा नथ्थुप्रसाद डगौरा र ७ मा जंगबहादुर थारु विजयी भएको निर्वाचन अधिकृत पोखरेलले बताए । वडा नं. ४ मा फोरमका वडाध्यक्ष लखन चौधरी विजयी भएका छन । कुल १९ हजार ३६५ मतदातामा १५ हजार ५२७ मत खसेको थियो ।

तस्बिरमा नेपाल लोकतान्त्रिक फोरमका सांसद जनकराज चौधरीकी पत्‍नी किरण चौधरी।




Leave a Reply

Your email address will not be published. Required fields are marked *