डा. गोपाल दहितले १० दिनमा के काम गरे ? यी हुन् प्रमुख काम [भिडियो]

नेपाल लोकतान्त्रिक फोरमका सांसद एवं पूर्व भूमिसुाधर तथा व्यवस्थामन्त्री डा. गोपाल दहितले चार वर्षमा हुन नसकेको काम आफूले दस दिनमा गरेर देखाएको बताएका छन् ।

राजधानीमा आयोजित एक कार्यक्रममा बोल्दै उनले कमलरीहरुको परिचय पत्र वितरणका लागि दस दिनभित्रै निर्देशिका जारी गरेको बताए । यसले मुक्त गरिएका थारु समुदायका १२ हजार कमलरीलाई फाइदा पुग्ने उनले बताए । ‘कमलरीहरुको परिचय पत्र फाइन विभिन्न बहानामा विगत चार वर्षदेखि अड्काइएको थियो । मैले उक्त फाइल झिकाएर दस दिनमै निर्देशिका जारी गरेको छ,’ उनले भने ।

उनले कमैया, हलियाको लागि पनि विभिन्न काम दस दिनमै पूरा गरेको बताए । यसले अगामी दिनमा बजेट विनियोजनलगायतका कुरा सहयोग पुग्ने बताए । ‘मैले छोटो समयमै बोक्रा निकाल्ने काम गरेको छु । आशा छ अगामी दिनमा त्यो कामले पूर्णता पाउने छ,’ उनले भने ।

हेर्नुस् भिडियो




Leave a Reply

Your email address will not be published. Required fields are marked *