१७ वर्षीया स्वस्तिका चौधरीको विश्व च्याम्पियनसिप खेल्ने सपना

स्वस्तिका चौधरी धेरैको लागि नयाँ नाम हुनसक्छ। तर उनले कलिलै उमेरमा राष्ट्रको प्रतिनिधित्व गरेर विदेशमा आफ्नो प्रतीभा देखाइसकेकी छन्। नवलपरासीकी १७ वर्षीया स्वस्तिका स्पोर्ट्स क्लाइम्बिङ गर्छिन्। उनले एकवर्षअघि मात्र यो खेल सुरु गरेकी हुन्।

यसबीच उनले सन् २०१६ को आइएफएससी वर्ल्ड कप छनौटमा दोस्रो भएकी थिइन्। त्यसपछि उनले मनसुन म्याडनेश क्लाइम्बिङ कम्पिटिसनमा सहभागी जनाएकी थिइन्। उनले ओलम्पिया क्लाइम्बिङ कम्पिटिशनमा पाँचौ भइन्। उनले सन् २०१६ को सेप्टेम्बरमा इरानमा आयोजित एसियन युथ च्याम्पियसिपमा सहभागी भएकी थिइन्।

स्वस्तिकाले राष्ट्रियस्तरको विभिन्न खेलमा पनि क्रमशः दोस्रो तेस्रो र चौथो स्थान हासिल गरिसकेकी छन्।

स्वस्तिका बच्चैदेखि स्काउटमा आबद्ध छिन्। अहिले उनी स्काउटमा रेन्जर छिन्। जहाँ उनीजस्तै युवाहरुलाई खेलकुद क्षेत्रमा आउन अवसर प्रदान गर्छ। सोहीमार्फत् स्वस्तिका यो खेलमा आबद्ध भएकी हुन्। उनलाई यो खेलमा ल्याउन अनिश राईको ठूलो हात छ। उनैले यो अवसर जुराइदिएर स्वस्तिकाले यो खेलमा आफ्नो प्रतीभा देखाउन सकिरहेकी छन्

यो खेललाई निरन्तरता दिन आमा र बहिनीको हरदम सहयोग मिल्ने उनले बताइन्। उनलाई लामावाल्कसले सहयोग गर्दै आएको छ। स्वस्तिकालाई अहिले मिंगमा शेर्पाले प्रशिक्षण दिइरहेका छन्। मिंगमा शेर्पा विगत चार वर्षदेखिको राष्ट्रिय विजेता हुन्। स्वस्तिकाको लक्ष्य विश्व च्याम्पिनसिपमा खेल्नु हो। उनले यसको छनौटका लागि भब्य तयारी पनि गरिरहेकी छन्। यो एक वर्षको अवधिमा अन्तर्राष्ट्रियसहित राष्ट्रिय स्तरका धेरै खेल खेलेको अनुभव उनीसँग छ।

आफ्नो खेल सुधार्नका लागि धेरै मेहनत गरिरहेको उनले बताइन्। उनी भन्छिन्, ‘असभ्व केही छैन त्यसका लागि साथ सहयोग र हौसलाको खाँचो पर्छ। यस्तो अवस्थामा अवश्य सोचेको भन्दा राम्रो गर्न सकिन्छ।’

स्पोर्ट्स क्लाइम्बिङ गर्न चाहनेलाई निर्धक्क भएर आउन उनले आह्वान गरिन्। त्यस।का लागि आफूले सक्ने सहयोग गर्ने उनले बताइन्। ‘हामी आत्मविश्वासी बनौं र हार कहिल्यै नमानौं। एक दिन जित अवश्य हुन्छ,’ राजधानीमा आयोजित एक कार्यक्रममा सहभागी विद्यार्थीमाझ स्वस्तिकाले भनिन्।




Leave a Reply

Your email address will not be published. Required fields are marked *