रामराज चौधरी नेतृत्वमा थारु कानुनी ब्यवसायी सभा गठन

थारु कल्याणकारिणी सभाले थारु कानुनी ब्यवसायी सभा तदर्थ समिति गठन गरेको छ। सभाको केन्द्रीय कर्यालयमा प्रशिक्षण विभाग प्रमुख राजकुमार लेखीको प्रमुख आतिथ्यमा सम्पन्न भेलाले रामराज चौधरीको अध्यक्षतामा ७ सदस्यीय तदर्थ समिति बनाएको हो।

समितिको उपाध्यक्षमा सीताराम चौधरी, महासचिवमा श्रवणकुमार चौधरी, सचिवमा मनोज चौधरी र कोषाध्यक्षमा रामानन्द चौधरी छन्। त्यस्तै सदस्यमा शान्ति मोदी र गीता चौधरी छन्।

भेलामा युवा सभाका अध्यक्ष कानुनलाल चौधरी र महिला सभाका सुशीला चौधरी सहभागी थिए।




Leave a Reply

Your email address will not be published. Required fields are marked *