पदाधिकारीले तिरेनन् थाकसको लाखौं रकम, संस्था नवीकरण अझै भएन

थारु समुदायको छाता संगठन थारु कल्याणकारिणी सभा (थाकस)का पदाधिकारीहरुले लाखौं रकम तिर्नुपर्ने देखिएको छ। राजधानीमा आयोजित दुई दिने बैठकमा पूर्व र हालको कन्द्रीय समितिका पदाधिकरीहरुले लाखौं रकम तिर्नुपर्ने देखिएको हो। बैठकमा सार्वजनिक गरिएको लिस्टमा सबैभन्दा बढी पूर्वअध्यक्ष चन्द्रप्रसाद चौधरीले एक लाख ३२ हजार तिर्नुपर्ने देखिन्छ। त्यसपछि हालका उपत्यका समिति सभापति सत्यनारायण चौधरीले ३६ हजार २ सय ६६ रुपैयाँ तिर्नुपर्ने देखिन्छ।

एमालेका प्रभावशाली नेता एवं थारु कल्याणकारिणी सभाको २१औं महाधिवेशनको निर्वाचन संयोजक बलदेव चौधरीले ३१ हजार ८ सय ७९ रुपैयाँ तिर्नुपर्ने लिस्टमा उल्लेख छ। त्यस्तै हालका महामन्त्री अमिरी चौधरीले ३० हजार, उदयपुरका सत्यनारायण चौधरीले २१ हजार पाँच सय र दिनेश चौधरीले २१ हजार तिर्नुपर्ने देखिन्छ।

बैठकमा संस्थाको नवीकरण हुन नसकेको भन्दै हालको कार्यसमितिको चर्को आलोचना भएको थियो।’साउन यता नौं महिना पुगिसक्दासमेत संस्था नवीकरण  भएको छैन। विभिन्न ब्यक्तिको नाममा लाखौं रुपैयाँ तिर्नुपर्ने हिसामा देखिएको छ। यस्ता गैरजिम्मेवार कार्यसमितिले संस्था डुबाउने चलखेल त गरेका हैनन?,’ सहभागी एक जिल्ला प्रतिनिधिले थारुवानसँग भने।

बैठकमा प्रस्तुत गरिएको पैसा तिर्नुपर्नेहरुको नामावली हेर्नुस्:




Leave a Reply

Your email address will not be published. Required fields are marked *