चुनावको विरोधमा थरुहट थारुवानद्वारा आन्दोलनका कार्यक्रम सार्वजनिक

स्थानीय निर्वाचनको विरोधमा थरुहट थारुवान संयुक्त संघर्ष समितिले विरोधका कार्यक्रम सार्वजनिक गरेको छ। फागुन ११ गते बसेको आन्दोलन परिचालन समितिको बैठकले विभिन्न पाँच कुरामा ध्यानाकर्षण गराउँदै विरोध जनाएको हो।

‘हामी निर्वाचनको पक्षधर हौं तर नेपाल सरकारले रुपान्तरित व्यवस्थापिका संसदमा प्रस्तुत गरेको संविधान संशोधन विधेयकलाई थाती राखी, प्रादेशिक सीमांकन संशोधन, स्थानीय तहको पुनःसंरचनाको प्रतिवेदन परिमार्जन नगरी, संविधानको धारा ५६ (५)को मर्म र भावना विपरीत स्थानीय तह, स्वायत्त, संरक्षित र विषेश क्षेत्रको संख्या, सीमाना स्पष्ट निर्धारण नगरी प्रदेशको अधिकारलाई समेत हनन गर्दै स्थानीय, प्रदेश एवं संघ गरी तीनै तहको निर्वाचन गर्ने षड्यन्त्रप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ। यसले द्वन्द्व र भीडन्त निम्त्याउने निश्चित छ,’ संयोजक धनिराम चौधरीद्वारा जारी विज्ञप्तीमा भनिएको छ।

विज्ञप्ती अनुसार फागुन १७ गते थरुहट जिल्लाहरुमा सर्वपक्षीय बैठक बसी समितिले फागुन १९ गते मसाल जुलुस् प्रदशर्न गर्ने कार्यक्रम सार्वजनिक गरेको छ। त्यसपछि फागुन २० गतेदेखि फागुन ३० गतेसम्म राजधानीसहित थरुहट जिल्लामा विरोध गर्ने कार्यक्रम रहेको विज्ञप्तीमा उल्लेख छ।

विज्ञप्ती पढ्नुस्:




Leave a Reply

Your email address will not be published. Required fields are marked *