गच्छदारको हात छोडेका पूर्वमन्त्री चौधरी नयाँ शक्तिमा

विजयकुमार गच्छदार नेतृत्वको फोरम लोकतान्त्रिकबाट राजीनामा दिएका केन्द्रीय उपाध्यक्ष एवं पूर्वमन्त्री दानबहादुर चौधरी बाबुराम संयोजक रहेको नयाँ शक्ति पार्टीमा प्रवेश गरेका छन्।

सोमबार कपिलवस्तुको तौलिहवामा भएको राजनीतिक प्रशिक्षण तथा पार्टी प्रवेश कार्यक्रममा मन्त्री चौधरीसहित फोरम लोकतान्त्रिककै केन्द्रीय सदस्यहरु शलाहुद्दीन मुसलमान, जी आउर रहमान, केन्द्रीय सदस्य एवं कपिलवस्तु जिल्ला संयोजक मोहम्मद टफिक मुसलमान, राष्ट्रिय समाज कल्याण परिषदका कोषाध्यक्ष कुञ्ज बिहारी चौधरी, राष्ट्रिय महिला आयोग सदस्य धनेश्वरी चौधरी, फोरम लोकतान्त्रिकका कपिलवस्तु जिल्ला उपाध्यक्ष गौरी शंकर चौधरी, जिल्ला सचिव काशीराम यादवलगायत नेता तथा कार्यकर्ताहरु नयाँ शक्तिमा प्रवेश गरेका हुन्।

kapilbastu_party_prabes_1पार्टी प्रवेशपछि सबैलाई स्वागत गर्दै संयोजक भट्टराईले अबको चुनावमा नयाँ शक्ति पार्टी पहिलो पार्टी बनेर मुलुकको आर्थिक समृद्धि र विकासतर्फ केन्द्रित हुने बताए। दान बहादुर चौधरीले मुलुकको राष्ट्रिय एकता बलियो पार्दै देशलाई विकास र समृद्धिको दिशामा लैजान डा. भट्टराई मात्र दूरगामी भिजन भएको सर्वस्वीकार्य व्यक्तित्व भएकाले आफूहरु नयाँ शक्ति पार्टीमा समाहित भएको बताए। उनले अब नयाँ शक्ति प्रवेशमा देशव्यापी लहर चल्ने दाबीसमेत गरे।

 




Leave a Reply

Your email address will not be published. Required fields are marked *