एसिया कप खेल्ने टोलीमा सरस्वती कुमारी चौधरी

एसिया कप टी-२० महिला क्रिकेट प्रतियोगिताका लागि नेपाली राष्ट्रिय टोलीको घोषणा गरिएको छ । प्रशिक्षक, कप्तान तथा आइसीसी प्रतिनिधि सम्मिलित छनौट समितिले आज १५ सदस्यीय नेपाली टोलीको घोषणा गरेको हो ।

टोलीको कप्तानीको जिम्मेबारी रुविना क्षेत्रीलाई कायमै राखिएको छ । भने गत महिना सम्पन्न छनौट प्रतियोगिता खेलेकी शर्मिला शाही भारतीय रेल्वेका लागि प्रशिक्षणका क्रममा चोटग्रस्त बनेपछि टोलीमा समाबेश गरिएको छैन । डाक्टरले उनलाई कम्तिमा तीन साता मैदानबाहिर रहन भनेका छन् ।

उनले स्थानमा संगीता राई टोलीमा अटाएकी छन् भने शोभा आलेलाई पनि टिममा ल्याइएको छ जो अघिल्लो प्रतियोगितामा थिइनन् । नेपाली टोलीका अन्य सदस्यहरुमा इन्दु बर्मा, ज्योति पाण्डे, काजल श्रेष्ठ, करुणा भण्डारी, नेरी थापा, नीरा राजोपाध्याय, रश्मी शर्मा चौलागाईं, रोशनी बोहर, सवनम राई, सीता मगर, सरस्वती कुमारी चौधरी र सीता रानामगर छन् ।

आगामी नोभेम्बर २६ देखि डिसेम्बर ४ सम्म हुने एशिया कप महिला टि-२० क्रिकेटमा नेपालले एशियाली टेष्ट मुलकका टोलीहरुसँग प्रतिस्पर्धा गर्नेछ । नेपालले प्रतियोगितामा आफ्नो पहिलो खेल २६ नोभेम्बरमा पाकिस्तानसँग खेल्नेछ । त्यस्तै २८ नोभेम्बरमा श्रीलंका, २८ नोभेम्बरमा बंगलादेश, १ डिसेम्बरमा आयोजक थाइल्याण्ड र २ डिसेम्बरमा भारतीय टोलीसँग प्रतिस्पर्धा गर्नेछ ।




Leave a Reply

Your email address will not be published. Required fields are marked *