दाङलाई ५ नम्बर प्रदेशको राजधानी बनाउन गच्छदारको माग

सन्तोष दहित/दाङ।

मधेसी जनअधिकार फोरक (लोकतान्त्रिक)का अध्यक्ष विजय कुमार गच्छदारले पाँच नम्बर प्रदेशको राजधानी दाङ हुनुपर्ने बताएका छन्। बुधबार दाङको घोरामीमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उले दाङ संस्कृतिको धरोहरमात्र नभएर हरेक दृष्टिले उपयुक्त जिल्ला भएको बताए।

आर्थिक, सामाजिक, सांस्कृतिक, राजनीतिक र सुरक्षाको हिसाबले अन्य जिल्लाभन्दा दाङ उपयुक्त भएको उनको भनाई थियव। त्यसैले आफ्नो पार्टीले पाँच नम्बर प्रदेशको राजधानी दाङलाई बनाउने निर्णय पार्टीले गरेको बताए। त्यसको निमित्त दङ्गाली जनताहरु जाग्नुपर्ने गच्छदारले बताए।

form-loktantrik-party-dangकार्यक्रमको प्रमुख अतिथिसमेत रहेका गच्छदारले नेपाली जनताले बलिदान गरेर ल्याएको गणतन्त्र र संविधानलाई संस्थागत गर्न सबै राजनीतिक शक्तिहरु एकजुट हुनपर्ने बताए। ‘राजनीतिक शक्तिहरु छिन्नभिन्न भएको कारणले देश संकटबाट गुर्जिरहेको छ। संविधान कार्यान्वयमा आउन सकिरहेको छैन। यी सबै कुरालाई संस्थागत गर्न र देशलाई निकास दिन प्रमुख तीन राजनीतिक पार्टी एक ठाउँमा आउन जरुरी छ,’ उनले भने। अहिले देशमा भइरहेको राजनीतिक संकटलाई हटाउन एक मात्र सुत्र १६ बुँदे रहेको गच्छदारले दाबी गर।

यी शक्तीहरु एक ठाउँमा सहमति गरेर आदिवसाी जनजाति, मधेसी, थारु, दालितलगायत पछाडि पारिएका वर्गहरुको कुरालाई समेटेर संविधानलाई संसोधन गर्दा उचित हुने बताए। संविधन संसोधनका लागि दुई तिहाई आवश्यक रहेकाले सबै शक्तिहरु सहमतिमा आउन जरुरी रहेको बताउँदै गच्छादारले त्यसको भूमिका आफ्नो पार्टीले खेलिरहेको बी गरे।

उनले आदीवासी, जानजाति, मधेसी, थारुको मुद्दालाई उठाउँदै आएको बताउदै बरु मोर्चाले संविधान संसोधनको नाममा पन्छिरहको आरोप लगाए। मधेसी जनअधिकार फोरक (लोकतान्त्रिक) पार्टी दाङका अध्यक्ष विन्तीराम यादवको अध्यक्षतामा भएको कार्यक्रममा सांसद योगेन्द्र चौधरी लगायतले बोलेका थिए। प्रशिक्षण तीन दिनसम्म चल्ने पार्टीका सचिव कुलबहादुर घर्तिले जानकारी दिए।




Leave a Reply

Your email address will not be published. Required fields are marked *