नयाँ शक्तिले मोर्चालाई सघाउने

सरकारले प्रतिबद्धता जनाए अनुसार संविधान संशोधन नभए संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले गर्ने आन्दोलनमा पूर्व प्रधानमन्त्री बाबुराम भट्टराईले नेतृत्व गरेको नयाँ शक्तिले साथ दिने भएको छ ।

हाल बेलायतमा रहेका भट्टराईले केही दिन अघि आदिवासी, जनजातिले उठाउँदै आएका मागमा सबैको सहयोग आवश्यक रहेको बताएका थिए । संघीय समाजवादी फोरमका सहअध्यक्ष राजेन्द्र श्रेष्ठले संविधान संशोधनका लागि नयाँ शक्तिसँग मिलेर आन्दोलनमा सहकार्य गर्नेबारे कुराकानी भइरहेको जानकारी दिए ।

नयाँ शक्तिका प्रवक्ता खिमलाल देवकोटाले आफ्नो दल विगतदेखि नै मधेसी, जनजाति, आदिवासीका जायज माग पूरा गर्नुपर्छ भन्ने अडानमा रहेको बताए । ‘हाम्रो अहिलेको धारणा पनि त्यही हो,’ उनले भने, ‘त्यसैले बाबुरामजीले केही दिन अघि बेलायतमा अब हुने आन्दोलनमा सहकार्य हुनसक्ने बताउनु भएको हो । उहाँ मंसिर ३ गते नेपाल फर्केपछि त्यसबारे ठोस निर्णय हुन सक्छ।’




Leave a Reply

Your email address will not be published. Required fields are marked *