मोदीको प्रश्न- गरिबहरुको सुनुवाई कसले गरिदिने ?

माओवादी केन्द्रका सांसद् अमनलाल मोदीले गरिबका लागि निजी अस्पतालले कोटा छुट्याउनुपर्ने बताएका छन्। संसद बैठकको शून्य समयमा बोल्दै सांसद् मोदीले नेपालको स्वास्थ्य नीति पुँजीपतिको लागिमात्र भएको बताएका छन्। एउटा गरिबका लागि सामान्य उपचार गर्न पनि निकै समस्या हुने गरेको उनले बताए। जसका कारण उनीहरु आत्महत्या गर्नसम्म पछि नपर्ने उनले बताए।

हालसालै बिराट नर्सिङ होममा अनोज विश्वास नामको गरिब उपचार गराउन गएको र त्यहाँको शुल्क तिर्न नसकेर आत्महत्या गरे। उनले चार तल्लाबाट हाम फालेर हत्या गरेको संसदलाई जानकाी गराउँदै उनले यो आत्महत्या हो कि हत्या ? भन्दै प्रश्न गरेका थिए। तर उसलाई आफ्नै मान्छेले धकेलेर हत्या गरेको भन्दै पुलिस प्रशासनले ज्यादती गरेको मोदीले उल्लेख गरे। उनले यो स्वास्थयको कुरा रहेको भन्दै राज्यले गरिबहरुका लागि ल्याएको नीति कार्यन्वयन गर्न आग्रह गरे।

भिडियो हेर्नुस्:




Leave a Reply

Your email address will not be published. Required fields are marked *