असन्तुष्ट पक्षको माग सम्बोधन हुँदै : मन्त्री चौधरी

कृषिमन्त्री गौरीशङ्कर चौधरीले सरकारले आन्दोलनरत असन्तुष्ट पक्षको माग सम्बोधन गर्न लागेको बताएका छन्। आठौँ थारु कल्याणकारिणीसभा जिल्ला अधिवेशनलाई सम्बोधन गर्दै उनले मधेसी र जनजातिका माग संविधान संशोधनमार्फत पूरा गर्नुपर्ने बताए। सरकारले संविधान संशोधनको तयारी अन्तिम चरणमा पुर्याएका कारण कात्तिक अन्तिमतिर संशोधन प्रस्ताव अघि बढ्ने मन्त्री चौधरीको भनाइ थियो।

संविधानको सफल कार्यान्वयनका लागि स्थानीय निकायको निर्वाचन गर्नुपर्ने उनले बताए। कार्यक्रमलाई सांसद मन्जुकुमारी चौधरी, थारु नेता राजकुमार लेखीलगायतले सम्बोधन गरेका थिए।




Leave a Reply

Your email address will not be published. Required fields are marked *