संसदमा गंगा चौधरीको चेतावनी- ‘टिकापुर घटनाका बन्दीलाई रिहा नगरे ठूलो विद्रोह’

थरुहट तराई पार्टी नेपालकी सांसद गंगा चौधरी सत्गौवाले टिकापुर घटनाका बन्दीलाई बिनासर्त रिहा नगरिए त्यो भन्दा ठूलो विद्रोह हुने चेतावनी दिएकी छन्।
व्यवस्थापिका संसदको बुधवारको बैठकमा विशेष समय लिएर बोल्दै सांसद सत्गौवाले भनिन् ‘थारू समुदाय पनि यो देशको नागरिक हो ।’ ‘थारूलाई सम्मान गर्न उनीहरुले कैलालीमा गरेको आन्दोलनलाई पनि राजनीतिक आन्दोलनको रुपमा स्वीकार गर्नु पर्छ ।’

‘थारूको शान्तिपूर्ण आन्दोलन तुहाउन खोजियो भने हामी चुप लाग्दैनौं’, सत्गौवाले भनिन्, ‘हाम्रो आन्दोलन जनताको आन्दोलन हो। राष्ट्रविरोधी होइन ?’ उनले ‘१८ महिने बालकलाई देख्ने नेताहरुले रुपन्देहीको वेतनीमा ४ वर्षे बालकलाई सुरक्षाकर्मीले मारेको घटना चाहीँ किन नदेखेको ? भन्दै प्रश्न गरेकी छन्।

राणा शासन र पञ्चायती व्यवस्थाविरुद्व भएका आन्दोलन र माओवादी विद्रोहलाई जनआन्दोलन भन्ने तर थारू आन्दोलनलाई राष्ट्रविरोधी भनिन्छ भने थारूहरु यो भन्दा ठूलो आन्दोलन गर्न तयार रहेको सत्गौवाले चेतावनी दिइन्।




Leave a Reply

Your email address will not be published. Required fields are marked *