गच्छदारले भने- संविधान संशोधन गर्नैपर्छ

मधेसी जनअधिकार फोरम ९लोकतान्त्रिक¬० का अध्यक्ष विजयकुमार गच्छदारले मधेस समस्या समाधानका लागि संविधान संशोधन आवश्यक रहेको बताएका छन्। विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीसँग कुराकानी गर्दै उहाँले संविधान संशोधनका लागि प्रमुख विपक्षी दललगायत अन्य दलसँग पनि छलफल गरेर मात्र अघि बढ्नुपर्ने सुझाव दिए।

सरकारले झारा टार्ने हिसाबले संविधान संशोधन प्रस्तावअघि बढाउन लागेको उल्लेख गर्दै उनले प्रमुख राजनीतिक दल र मधेसवादी दलसँग सहमति खोजेर संशोधन प्रस्ताव अगाडि बढाउन आग्रह गरे। पत्रकारको जिज्ञासामा अध्यक्ष गच्छदारले स्थानीय तहमा इलाकालाई आधार बनाउने प्रस्ताव अवैज्ञानिक रहेकाले दलहरुको सहमतिमा मात्र स्थानीय तहको सीमाङ्कन र सङ्ख्या निर्धारण गर्नुपर्नेमा जोड दिए।

उनले संविधान कार्यान्वयनका लागि स्थानीय तहको निर्वाचन पहिलो प्राथमिकता भएकाले पनि छिटो स्थानीय तहको पुनःसंरचनाका लागि आयोग, सरकार र प्रमुख दलहरुबीच सहमति हुनुपर्ने धारणा व्यक्त गरे।




Leave a Reply

Your email address will not be published. Required fields are marked *