थारुको मौलिक संस्कृतिबारे अध्यापन सुरु

सुनसरीको बज्राहमा रहेका थारु समुदायको मौलिक संस्कृतिबारे अध्ययन अध्यापन सुरु भएको छ । यहाँको थारु समुखायका परम्परागत मौलिक संस्कार संस्कृतिका विषयमा स्किल कलेजका विद्यार्थीहरुद्वारा स्थलगत रुपमा अध्ययन अध्यापन गरेका हुन् । 

होटल ब्यवस्थापन सङ्कायमा अध्ययनरत विद्यार्थीहरुलाई थारु समुदायका मानिसले प्रयोगमा ल्याइरहेका जातीय खानपान, भेषभूषा तथा संस्कार र धार्मिक प्रचलनमा रहेका विशेष चाडका विषयमा ज्ञान दिन स्थलगत रुपमा नै अध्यापन गराईएको हो ।

इटहरी उपमहानगरपालिकाको थारु समुदायको बसोबास बाहुल्य रहेको बज्राहको थारु वस्तीमा गएर बिद्यार्थीहरुले थारु समुदायका नरनारीहरुसँग बसेर उनीहरुले प्रयोग गर्दै आएको जातीय खानपान भेषभूषा धर्मकर्म तथा गरगहना लगायतका विषयमा अध्ययन गरेका थिए । विशेषगरी थारु समुदायले विवाह आदि कार्यमा प्रयोग गरिने विशेष बस्तु अनि खानपानसँगै थारुका पर्व समाचकेवा लगायतका विषयमा थारु समुदायका महिला तथा पुरुषहरुले बिद्यार्थीलाई बुँदागत रुपमा जानकारी गराएका थिए ।

यस्तै उनीहरुले भान्सामा प्रयोग गर्ने पकवान कसरी तयार पारिन्छ भन्ने विषयमा समेत प्रयोगात्मक ज्ञान दिइएको थियो । नेपालका विभिन्न जातजाति र समुदायका मानिसले प्रयोग गर्ने खानपान भेषभूषा रहनसहन धर्म संस्कार संस्कृतिका विषयमा विद्यार्थीहरुलाई ज्ञान प्रदान गर्नका लागि विद्यार्थीहरुलाई स्थलगत अध्यापनको व्यवस्था मिलाइएको कलेजले जनाएको छ ।




Leave a Reply

Your email address will not be published. Required fields are marked *