संविधान संशोधनको प्रस्ताव बनाउन संघीय गठबन्धनले बनायो कार्यदल

सङ्घीय गठबन्धनको आजको बैठकले सङ्घीय गठबन्धनका नेता लक्ष्मणलाल कर्णको संयोजकत्मा ११ सदस्यीय संविधान संशोधन मस्यौदा समिति गठन गरेको छ । 

समितिमा सांसदहरु लालबाबु राउत, वृषेशचन्द्र लाल, रामनरेश राय, केशव झा, गोपाल दहित, कुमार लिङ्देन मिराक, प्रेमबहादुर खाती, शिल्पीको तर्फबाट एकजना, प्रादेशिक मोर्चाको तर्फबाट एकजना र आदिवासी जनजाति राष्ट्रिय आन्दोलनको तर्फबाट एक जना गरी ११ सदस्यीय संविधान संशोधन मस्यौदा समिति गठन गरिएको गठबन्धनका संयोजक उपेन्द्र यादवले जानकारी दिनुभयो ।

बैठकले आगामी असोज ३ गते गाविस, नगरपालिका र सदरमुकाममा विरोध प्रदर्शन गरी कोणसभालगायतका कार्यक्रम गर्ने निर्णय गरेको छ ।




Leave a Reply

Your email address will not be published. Required fields are marked *