कैलालीसँग जोडिएको गौरीफन्टा नाका खोल्न प्रधानमन्त्री तयार

प्रधानमन्त्री पुष्पकमल दाहालले आशन्न भारत भ्रमणमा गौरीफन्टा नाका सुचारु गर्न पहल गर्ने बताएका छन् । कैलाली उद्योग वाणिज्य संघको नेतृत्वमा गएका विभिन्न दलका साँसद एवं राजनीतिक दलका प्रतिनिधिसँग प्रधानमन्त्रीले करिव दुई दशकदेखि बन्द रहेको दुधवा गौरीफन्टा रेल्वे सेवा सञ्चालन गर्न समेत भारत सरकारसँग छलफल गर्ने बताए ।

गौरीफन्टा–दुधुवा २५ किमि सडक क्षेत्र कालोपत्रे गरिदिनसमेत आग्रह गर्ने उनले बताए । कैलाली उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष दिनेशराज भण्डारीले गौरिफन्टा सुदूरपश्चिमको उत्तरप्रदेशसँग जोड्ने एकमात्र नाका भएकाले भारत सरकारले तत्काल खोल्नु पर्ने बताए । ‘गौरिफन्टा नाका खोल्दा सुदूरपश्चिम क्षेत्रलाई निकै सहज हुन्छ’ उनले भने, ‘प्रधानमन्त्रीज्यूले भारत सरकारसँग अनुरोध गर्छु भन्नुभएको छ ।’

टोलीमा कृषिमन्त्री गौरिशंकर चौधरी, माओवादी केन्द्रका नेता लेखराज भट्ट, कांग्रेस नेता वीरबहादुर बलायर, दीर्घराज भाट, ईश्वरी न्यौपाने, भरत खड्का, बुद्धिसागर चौधरी, एमाले नेता प्रेम आलेमगरको लगायतको सहभागिता रहेको थियो ।




Leave a Reply

Your email address will not be published. Required fields are marked *