बसको ठक्करबाट त्रिपुरेश्वरमा मोटरसाइकल चालकको मृत्यु

काठमाडौँको त्रिपुरेश्वरमा आज बसको ठक्करबाट मोटरसाइकलमा सवार एक व्यक्तिको मृत्यु भएको छ । मृत्यु हुनेमा बा७३प ४३०९ नंको मोटरसाइकलमा सवार २२ वर्षीय विवेक बराइली रहेको प्रहरीले जनाएको छ ।

दक्षिणकाली यातायातको बा२ख ४०४२ नंको बसले मोटरसाइकललाई ठक्कर दिँदा धादिङ घर भएका गुर्जुधारा निवासी बराइलीको केही बेरअघि घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । रासस




Leave a Reply

Your email address will not be published. Required fields are marked *