करेन्ट लागेर दाङमा माधु चौधरीको मृत्यु

दाङको बिजौरीमा माछा मार्ने क्रममा करेन्ट लागेर एकको मृत्यु भएको छ भने दुईजना घाइते भएका छन । विजौरीको डुरुवा कुलामा करेन्ट लगाएर माछा मार्ने क्रममा विहीबार दिउँसो विजौरी–७ खोलीगाउँका ४१ वर्षीय माधु चौधरीको घटनास्थलमा नै मृत्यु भएको प्रहरीले जनाएको छ ।

करेन्ट लागेर खोलीगाउँकै १७ वर्षीय गलुवा चौधरी र ३० वर्षीय प्रेमलाल चौधरी घाइते भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक कृष्ण प्रसाईंले जानकारी दिएका छन् । घाइतेको राप्ती अञ्चल अस्पताल, तुलसीपुरमा उपचार भइरहेको प्रहरीले बताएको छ ।




Leave a Reply

Your email address will not be published. Required fields are marked *