धनगढीमा हरेरी महोत्सवको तयारी हुँदै

लखन चौधरी/धनगढी।

धनगढी उपमहानगरपालिका–५ जाईमा कृषि पूजा तथा हरेरी महोत्सवको तयारी भैरहेको छ । ‘भाषा, संस्कृति, कला, भेष, भुषा हाम्रो पहिचान, हरेरी महोत्सव मनाउने सबै किसानहरुको अभियान’ भन्ने मुल नाराका साथ स्थानीय जाईबासीको आयोजनामा भदौ ३ गतेदेखि ५ गतेसम्म हुने हेरेरी महोत्सवको तयारी भैरहेको छ ।

महोत्सव मुल आयोजक समिति संयोजक कुलबीर चौधरी थारु समुदायले धान बालीमा लाग्ने रोगव्याधि हटाउन मनाउँदै आएको हरेरी पूजालाई बहृट रुप दिदै महोत्सवको आयोजना गर्न लागको जानकारी दिए । कला, संस्कृतिको जगेर्ना संग–संगै ग्रामीण स्तरमा कृषिको आधुनिकीकरण तथा यान्त्रिकरणको उदेश्यले पनि कार्यक्रमको आयोजना गरेको संयोजक चौधरीले बताए ।

त्यस्तै, महोत्सवको सल्लाहकार समिति सदस्य खडक चौधरीले महोत्सवको अवधीमा थारु समुदायको लोपोन्मुख कला, संस्कृति, खानपानको प्रदर्शन तथा प्रस्तुती हुने बताए । उनले बरकीमार, लठ्ठाहुवा नाच, मुंग्रहुवा नाच, लाठी नाच, सखिया नाचको विशेष प्रस्तुती हुने बताए । त्यस्तै, रानाथारु समुदाय र कठरिया थारु समुदायको पनि विभिन्न प्रस्तुती रहने जनाइएको छ ।




Leave a Reply

Your email address will not be published. Required fields are marked *