प्रधानमन्त्री केपी ओलीद्वारा राजीनामा

व्यवस्थापिका संसद बैठकमा आफूविरुद्ध पेश भएको अविश्वास प्रस्तावको जवाफ दिएपछि ओलीले आइतबार पदबाट राजीनामा दिएको घोषणा हुन् । राष्ट्रपतिसमक्ष राजीनामा पेश गरिसकेको प्रधानमन्त्री ओलीले सदनलाई जानकारी दिएका छन् । एमाले अध्यक्ष समेत रहेका ओली गत असोज २४ गते नेपालको ३८ औं प्रधानमन्त्रीमा निर्वाचित भएका थिए ।

नयाँ सरकार गठनका लागि कुनै अवरोध नहोस् भनेर बाधा अड्काउ फुकाउका लागि सिफारिस गरेको उनले संसदलाई जानकारी दिए । उनले भने ‘यसले नयाँ प्रधानमन्त्री चयनका लागि बाटो खुला गरेको छ ।’




Leave a Reply

Your email address will not be published. Required fields are marked *