सोनाक्षी सिन्हा काठमाडौंमा, शनिबार टुडिखेलमा प्रस्तुती दिने

चर्चित बलिउड अभिनेत्री सोनाक्षी सिन्हा काठमाडौं आइपुगेकी छन्। जेठ १ गते राजधानीको टुँडिखेलमा आयोजना हुने ‘अमरपन्छी: राइजिङ फ्रम द एसेज’ कार्यक्रममा भाग लिन उनी शुक्रबार दिउँसो काठमाडौं आइपुगेकी हुन्। सोनाक्षीको साथमा डेढ दर्जन भारतीय कलाकार समेत आएका छन्।

सैनिक श्रीमती संघको आयोजनामा हुने कार्यक्रमलाई अल्पेन ग्लो इभेन्ट्सले व्यवस्थापन गर्दैछ। कार्यक्रममा नेपाली अभिनेत्रीहरू रेखा थापा, प्रियंका कार्की, सुषमा कार्की, केकी अधिकारी, निशा अधिकारी, ऋचा शर्मा र गायिका इन्दिरा जोशी प्रस्तुत हुँदैछन्।

यस्तै निशा र सुष्माले आइटम डान्स गर्ने भएकी छन् भने गायिका इन्दिरा जोशीले करिब २५ मिनेट आफ्ना चर्चित गीतसँगै नृत्यले दर्शकलाई नचाउनेछिन्। कार्यक्रमको सञ्चालन सहाना बज्राचार्यले गर्ने छिन्। करिब अढाई घन्टा लामो कार्यक्रमका लागि पाँच सयदेखि सात हजार रुपैयाँसम्मको टिकट बिक्री गरिएको छ।




Leave a Reply

Your email address will not be published. Required fields are marked *