Binod Chaudharyबिनोद चौधरी (काले)
आमा आज
तिम्रो मुख हेर्ने दिन रे,
यो कस्तो दिन हो आमा
वर्षमा एक पटक आउँछ रे,
मलाई लाग्थ्यो
आमाको मुख हेर्ने
कुनै दिन
त्योकिएको छैन रे,
तर
आज कानमा गुन्जियो
मातातिर्थ औँशी,
आमाको मुख हेर्ने दिन रे।।

भन्छन्,
‘जननी जन्मभूमि स्वर्गादपी गरियसी’ रे
हो आमा,
मैले बुझेको छु
जन्म दिने आमा

जन्मेको ठाँउ
स्वर्ग भन्दा प्यरो हुन्छ रे,
त्यसैले त,
आमा तिम्रो छहारिमा
सधैँ रमाउँदै
चरण स्पर्श गर्छु।।

हो, आमा
मलाई लाग्थ्यो
तिमी मन मुटुमा
बसेकी छेउ,
तिमी मेरी पूजा हौं
अनि
शुभ दिनको सुरुवात
आमा तिम्रो आशीर्वाद छ
त्यसैले सिकेको छु
सत्यको बाटो हिँड्न्।।

आमा तिमीले
मेरो मुख हेर्न कुर्नु पर्दैन रे,
जति बेला मन लागे हेर्दा हुन्छ रे,
तर,
आमा मैले
तिम्रो मुख हेर्न दिन पर्खनु पर्ने रे,
हो, आमा
यो कस्तो सत्कार
सिकायो मलाई
आफ्नो आमाको मुख हेर्न
पनि
दिन कुर्नुपर्ने रे।।

आमा आज तिमीलाई
भेट गरी मुख हेर्नू रे,
मिठो मसिनो खुवाएर
आशिर्वाद लिनु रे,
हिजो, अस्ती भेट गरेको
ती, सबै
स्वार्थको खेल थियो रे,
त्यसैले
आज जसरी भए पनि
आमाको मुख हेर्नू रे,
किनकि आज आमाको
मुख हेर्ने दिन हो रे।।




Leave a Reply

Your email address will not be published. Required fields are marked *