Dhaniram Chaudhary

अाइतबार राजधानीकाे भिमसेनगाेलास्थित थारू कल्याणकारिणी सभा (थाकस)काे केन्द्रीय कार्यालयमा सादा पाेसाकका प्रहरी देखिए। चार जना सादा पाेसाकधारी प्रहरी सिधै सभाकाे चाैथाे तल्लास्थित सभाको कार्यालयभित्र छिरे। त्यहाँ राजकुमार लेखीलगायत केही पदाधिकारीहरू बसिरहेका थिए। सभाले लहानमा आयोजना गरेको प्रशिक्षण भेलाका निम्ति पत्रकार सम्मेलनको आयोजना गरेको थियो।

फेसबुकमार्फत् पत्रकार सम्मेलन आयोजना हुन लागेको सूचना लेखीले दिएका थिए। त्यसकै निम्ति मानिसहरु भेला भएका थिए। आइतबार दिउँसो १ बजेतिर ती सादा पोसाकधारी प्रहरीहरुले आफू पत्रकार भएको भन्दै सबै कुराको सोधीखोजी गरेको सहभागीहरुले बताए। ‘हामी पत्रकार हौं। अनलाइनखबरबाट आएका हौं। मान्छेहरु किन भेला भएको हो। के हुन लागेको यहाँ। लगायत प्रशन गर्नुभयो,’ लेखीले भने, ‘मैले भनेँ- अनलाइनखबरबाट कसले पठाउनुभयो?’ प्रश्न गर्दा केही नबोलेको लेखीले बताए। एकछिन पछि फर्किएका उनीहरु दोस्रोपटक पनि कार्यालयभित्र छिरेर केरकार गरेको लेखीले बताए।

किन आयो सादा पोसाकका प्रहरी?

सभाको कार्यालयभित्रै प्रहरी कसरी आयो भन्ने प्रश्न सबैमा खट्किन थाल्यो। सहभागीहरुले कतै प्रहरीको मस्टवान्टेडमा परेका सभका केन्द्रीय अध्यक्ष धनिराम चौधरीलाई खोज्दै त आएन? भन्दै अनुमान लगाए। टीकापुर घटनामा धनिरामलाई प्रमुख अभियुक्त बनाइएको छ। प्रहरीको मस्टवान्टेड सूचीमा परेसँगै धनिराम चौधरी अर्धभूमिगत भएका छन्।




Leave a Reply

Your email address will not be published. Required fields are marked *