RAjkumar Lekhi in UAEथरुहट/थारुवान संयुक्त संघर्ष समितिका नेता राजकुमार लेखीले विदेशीले आफूलाई १२ करोडमा किन्न खोजेको बताएका छन्। उनले १२ करोडलाई लात हानेर थारु आन्दोलन अघि बढाएको बताए। ‘आन्दोलनको क्रममा विदेशीले १२ करोड दिने लोभ देखाए,’ प्रवासी थारु समाज युएईले आयोजना गरेको कार्यक्रममा लेखीले भने, ‘मैले १२ करोडलाई लात हानेर आन्दोलन अघि बढाएँ।’

लेखीले केही नेताले पनि सभासद् पद दिएर किन्न खोजेको बताए। उनले अधिकारको लागि ज्यान दिन तयार छु। दास र गुलाम बन्न नसक्ने बताए।

उनले थारुहरु राणा, तानाशाहविरुद्ध लडेको, लोकतन्त्र र गणतन्त्रको लागि आहूती दिएको बताउँदै ७० वर्षदेखि चल्दै बएको विभेद र असामनता थारुहरुले तोड्न चाहेको बताए।

उनले माघी पनि थारुको सांस्कृतिक आन्दोलन भएको बताउँदै संस्कृतिको माध्यमबाट थारु आन्दोलनलाई शसक्त पार्नुपर्ने बताए। उनले थारुहरु ब्राह्ममणवादी र तानाशाही सबैको अन्त्य चाहेको बताए। ‘थरुहट आन्दोलन जातिको विरोधमा होइन। ब्राह्मणवादी शासनको अन्त्यका लागि हो,’ उनले भने।

लेखीले शासकहरुले थारुको जग्गा जमिन हड्पेर भूमिहीन बनाएको र आफ्नै गाउँठाउँमा कमैया कमलरी बनाएको आरोप लगाए। त्यसका लागि थारु आन्दोलन गर्नुपरेको बताए। ‘थारु अझै पाँच वर्ष लड्न तयार छन्। तर राजनीतिक गुलाम, कसैको दास बन्न तयार छैनन्,’ उनले भने। उनले थारु गृहयुद्ध, जातीय युद्ध र सम्प्रायिकता नचाहेको बताए।

टीकापुर घटना पनि थारुहरुले इटको जवाफ पत्थरले दिएको उनको भनाइ छ। थारुलाई गलत मुद्दा लगाउनेर निर्दोष थारुलाई फसाउने हो भने तीनटा नेता पनि बाँकी नरहने उनले चेतावनी दिए।

‘टीकापुर राजनीतिक घटना हो। राजनीतिक समाधान चाहन्छौं। अस्तित्व र अधिकारका लागि थारु ज्यान दिन तयार छन्,’ उनले भने। सबैले आन्दोलनमा साथ दिए दुनियाँको कुनै तागतले थारुलाई अधिकारबाट वञ्चित गर्न नसक्ने उनले बताए।

उनले थारु भिख माग्ने समुदाय नभइ मेहनत गरेर खाने समुदाय भएको बताए। ‘थारु भिख माग्ने समुदाय होइन। मेहनत गर्ने इमन्दार समुदाय हो। हामी शासकलाई भिख माग्दैनौं,’ उनले भने। थारु आफैं एउटा शक्ति भएकाले अधिकार खोसेर लिने उनले चेतावनी दिए।

उनले तीन नेताले देश लुटेको बताउँदै काशी बनारस जान सल्लाह दिए। ‘तीन नेताले विगत ३० वर्षमा देशको ढुकुटी रित्याए। त्यसैले तिमीहरु अब कासी जाउ। बनारस जाउ। पशुपतिमा जाउ। कमान्डलु बोकेर भिख माग। देश थारु मधेसी आदिवासी जानजातिले दलितले चलाएर देखाउँछ।

उनले शान्तिका प्रतीक भगवान गौतम बुद्ध थारु भएकाले विखण्डनकारी राष्ट्रघाति आरोप गलत भएको बताए। ‘थारु मुलुक टुक्राउने पक्षमा छैन। थारुले देशको रक्षा गरेको छ,’ उनले भने।

 




Leave a Reply

Your email address will not be published. Required fields are marked *