Maghi Khulamanch 01दिलबहादुर चौधरी

थारु युबा र बिद्यार्थीहरुले थारु कल्याणकारिणी सभा उपत्यका समितिको अहंकारमाथि २०७२ माघ १ भीषण हमला गरे । उनीहरु हमला मात्रै होइन बिजय नै प्राप्त गरे । जब आन्दोलनमा रहेको थारु समुदायको ईच्छा र चाहनाबिपरित थाकस उपत्यका समितिले थारुबिरोधी सरकारका प्रमुखलाई माघी महोत्सवको प्रमुख अतिथि बनाउने निर्णय गर्यो तब थारु युबा बिद्यार्थीहरुले यो बर्षको माघी महोत्सव छुट्टै मनाउने घोषणा गर्यो ।

जुन घोषणा घोषणा मात्रै थिएन थाकस उपत्यका समितिको अहंकारमाथिको र थाकस केन्द्रीय समितिको अन्यायप्रतिको मौन समर्थनमाथिको ठूलो हमला थियो । त्यसैले भन्न सकिन्छ कि युबा बिद्यार्थीहरुले थाकसको अहंकार र अन्यायमाथि ठूलो हमला मात्रै गरेनन् बिजय पनि प्राप्त गरे । यो कार्यले थाकस निराश हुने रिसले आफ्नै घर, जिउ, डालमाथि आगो लगाउने काम गर्नुहुन्न ।

Maghi Khulamanch 02

बरु आत्मालोचना गरी समुदायको हितमा लाग्नु जरुरी छ । त्यसैगरी युबा बिद्यार्थीले पनि आफ्नो सफलताप्रति घमण्ड गर्नु हुँदैन । घमण्डले समाजलाई राम्रो दिशामा लाँदैन । दुबै पक्षले आगामी दिनमा समुदायको हितमा काम गर्न आवश्यक छ ।

थारुहरुको पहिचान र अधिकारको लागि अन्तिम क्षणसम्म लड्ने बाबुराम भट्टराईको प्रतिबद्धता र आफू रेखा थापा नभै रेखा चौधरी भएको र अर्को जुनीमा थारु हुन पाउँ भन्ने थापाको अभिब्यक्ति थारुहरुका लागि ठूलो प्रेरणा हुन् भन्ने कुरालाई बिर्सनु हुँदैन ।

लेखक नागरिक समाजका अगुवा तथा अधिकारकर्मी हुन्।




Leave a Reply

Your email address will not be published. Required fields are marked *