Tharu Youth Marc Pass in Dang 09

थरु युवा स्वयंसेवक दस्ताले युवा शक्ति प्रदर्शन गरेको छ। पूर्वनिर्धारि कार्यक्रमअनुसार आज दाङको त्रिपुरा नगरपालिकामा थारु युवाहरु रातो फेटासहित शक्ति प्रदर्शन गरेका हुन्। उनीहरु त्रिपुरा नगरपालिकामा मार्च पास गरेका थिए। मार्स पासपछि कोणसभा भएर कार्यक्रम समापन भएको थियो। थारु आन्दोलनलाई प्रभावकारी बनाउन युवा शक्ति प्रदर्शन गर्नुपरेको थारु युवा स्वयंसेवकका केन्द्रीय संयोजक महावीर चौधरीले बताए। उनका अनुसार पाँच जिल्लामा मार्च पास गर्ने तयारी गरेपनि प्राविधिक कारणबस अन्य जिल्लाको कार्यक्रम पछिका लागि सारिएको बताए।

‘थारु आन्दोलनलाई थप ऊर्जा प्रदान गर्न र युवाहरुको सक्रियता बढाउन थारु युवाहरुको स्वयंसेवक दस्ता बनेको हो। हाम्रो आन्दोलन अझै पनि जारी छ। हाम्रो माग पूरा नभएसम्म आन्दोलन जारी रहन्छ। यसकै निम्ति युवाहरुको मार्च पास गराएका हौं,’ महावीर चौधरीले भने।

उनले सरकारसँग तत्काल थारुका माग पूरा गर्न आग्रह गरेका थिए।

Tharu Youth Marc Pass in Dang 08

Tharu Youth Marc Pass in Dang 07

Tharu Youth Marc Pass in Dang 06

Tharu Youth Marc Pass in Dang 05

Tharu Youth Marc Pass in Dang 04

Tharu Youth Marc Pass in Dang 03

Tharu Youth Marc Pass in Dang 02

Tharu Youth Marc Pass in Dang 01




Leave a Reply

Your email address will not be published. Required fields are marked *