कञ्चनपुरमा आयोजित भेला। फाइल तस्बिर
कञ्चनपुरमा आयोजित भेला। फाइल तस्बिर

थरु युवा स्वयंसेवक दस्ताले पुस २९ गते युवा शक्ति प्रदर्शन गर्ने भएको छ। दाङमा आयोजित दस्ताको केन्द्रीय संयोजक बैठकले आउँदो बुधबार दाङदेखि कञ्चपुरसम्मका पाँच जिल्लामा युवा शक्ति प्रदर्शन गर्ने निर्णय गरेको हो।

बैठकले दाङको त्रिपुरा नगरपालिका, बाँकेको कोहलपुर, बर्दियाको राजापुर, कैलालीको धनगढी र कञ्चनपुरको बेलैरीमा युवा शक्ति प्रदर्शन गर्ने निर्णय गरेको केन्द्रीय संयोजक महावीर चौधरीले जानकारी दिए। उनका अनुसार पाँच वटै जिल्लामा हजारौं युवाहरुले रातो पट्टि बाँधेर मार्च पास गर्नेछन्।

हालै दाङमा आयोजित युवाहरुको राष्ट्रिय भेलाले चौधरी नेतृत्वमा थारु स्वयंसेवक दस्ता गठन गरेको थियो। त्यसपश्चात चौधरीले यी पाँच वटै जिल्लामा जिल्लामा समिति गठन गरेका छन्। सोही जिल्ला समितिको संयोजनमा पुस २९ गते युवाहरुको शक्ति प्रदर्शन गर्ने तयारी रहेको संयोजक चौधरीले बताए।

‘थारुहरु विगत चार महिनादेखि आन्दोलनमा छन्। हाम्रो माग पूरा नभएसम्म थारु आन्दोलन जारी नै रहेको सन्देश दिन शक्ति प्रदर्शन गर्न लागिएको हो,’ संयोजक चौधरीले भने।

 




Leave a Reply

Your email address will not be published. Required fields are marked *