lekhi

थारु नेता राजकुमार लेखीले आफूलाई बन्दुकले सुट गर्ने धम्की आएको बताएका छन्। शनिबार थारु युवा सभाले आयोजना गरेको अन्तर्क्रिया कार्यक्रममा बोल्दै लेखीले थारु सांसदले सुट गर्ने धम्की दिएको बताए।

‘थारु आन्दोलन सशक्त बनाउन राजकुमार लेखी किन जिल्ला गयो। राज्यसत्ताका साशक र प्रचण्डलाई किन गाली गर्‍यो। किन नेताहरुको विरोध गर्‍यो भनेर थारु सांसदले बन्दुकले सुट गर्ने, ज्यान मार्ने धम्की दिएको छ,’ कार्यक्रममा लेखीले भने, ‘मैले त्यो कुरा डायरीमा नोट गरेको छु। आवश्यक परे ती थारु सांसदको नाम सार्वजनिक गर्छु। प्रेस विज्ञप्ती पनि जारी गर्छु।’

उनले यदि राजकुमार लेखीको कारणले आन्दोलन कमजोर भएको हो भने फाँसीमा झुन्डिन तयार रहेको बताए। ‘जिल्लाको कार्यक्रममा मैले के बोलेको छु सार्वजकिरुपमा बोलेको छु। सबैलाई थाहा छ। यदि राजकुमार लेखीको कारणले आन्दोलन कमजोर भएको छ भने फाँसीमा झुन्डिन तयार छु,’ उनले भने।

भिडियो हेर्नुस्:




Leave a Reply

Your email address will not be published. Required fields are marked *