Kailali Tharu Press Meetनृप रावल/कैलाली

सरकारले आन्दोलन मथ्थर पार्न प्रशासन र सुरक्षा प्रमुख केन्दबाटै पोष्ट्रिङ गरेको थरुहट सघर्ष समितीले आरोप लगाएको छ। थरुहट संयुक्त संघर्ष समितिले बुधबार धनगढीमा पत्रकार सम्मेलनको आयोजना गरी ४ महिना लामो आन्दोलन दबाउन कैलालीमा केन्द्रबाटै उच्च निकायका प्रमुख पोष्ट्रिङ गरेको आरोप लगाएको हो।

साउन २२ गतेबाट थालिएको आन्दोलनको सम्बोधन गर्नुभन्दा दबाउने प्रयास गरिरहेको थरुहट संघर्ष समिती कैलालीका प्रबत्ता माधव चौधरीले बताए। उनले टीकापुर घटनापछि, प्रशासनबाटै थारुबस्तीमा दमन भइरहेको भन्दै, सरकारी दमन जारी रहे चुप लागेर नबस्ने चेतावनी दिए।

थरुहट संघर्ष समितीले ७ प्रदेशको सीमाङ्कनमा असन्तुष्टि जनाउँदै पुर्वको चितवनदेखि कञ्चनपुसम्म थरुहट प्रदेशको माग आन्दोलनमा उत्रिएको छ। प्रहरी प्रशासनबाट निर्दोष थारुकार्यकर्तामाथि दमन भइरहेको थरुहट सर्घष समिति कैलालीका संयोजक कृष्ण चौधरीले बताए।

उनले प्रशासनले पूर्वाग्राही दंगबाट आन्दोलन दबाउने चलखेल गरिरहेको भन्दै, सबैलाई समानताको आखाबाट हेर्न आग्रह गरे। यसैबीच थरुहट संघर्ष समितिले आम हड्ताल जारी रहेका बेला थप संर्घषका कार्यक्रम सार्वजनिक गरेको छ। संविधानबारे सचेतना फैलाउन सरकारले थालेको अभियान चल्न नदिने संर्घष समितिले दाबी गरेको छ। संविधानमा भएका कुरालाई जनतामाग लगेर भ्रम फैलाउने कामको विरोध गर्दै, संविधान प्रचार अभियानलाई बहिस्कार र कुनै पनि हालतमा चल्न नदिने चेतावनी दिएको छ।

पुस २ गतेदेखि सरकारी प्रचारविरुद्ध पर्चा पम्पलेटिङ गर्ने, ३ गतेदेखि संविधानको प्रचारका लागि आउनेलाई गाउँमा आउन बहिस्कार गर्ने, ३ गते कैलालीको पहलमानपुरमा र ७ गते धनगढीमा विरोधसभा गर्ने थरुहट, राना थारु र कठरिया संयुक्त संघर्ष समितीले जनाएको छ।




Leave a Reply

Your email address will not be published. Required fields are marked *