Tejulal And Dhaniram Chaudhary

थरुहट थारुवान संयुक्त संघर्ष समितिले संयोजक धनिराम चौधरी र नेपाली कांग्रेसका सांसद तेजुलाल चौधरीलाई वार्ता टोलीमा राखेको भन्दै सप्तरीका नेताले विरोध जनाएका छन्। आन्दोलनमा कुनै भूमिका निर्वाह नगरेको भन्दै सप्तरीका नेता रामाकान्त चौधरीले विरोध जनाएका हुन्। धनिराम चौधरी थारु कल्याणकारिणी सभाका केन्द्रीय अध्यक्ष र तेजुलाल चौधरी सप्तरी क्षेत्र नम्बर ५ का निर्वाचित सांसद हुन्।

रामाकान्त चौधरीले फेसबुकबाट विरोध जनाएक हुन्। ‘थरूहट आन्दोलनको बेला सशक्त भूमिका निर्वाह गर्न नसकेको केन्द्रीय अध्यक्ष र थरूहट आन्दोलनमा कुनै भूमिका नरहेको मा. संसद तेजुलाल चौधरीलाई वार्ता समितिमा राख्नु थारू आन्दोलनलाई तुहाउनु हो। चार महिनाभन्दा बढी दिनदेखि जारी आन्दोलनमा एक दिन पनि सप्तरी नआएको व्यक्ति कसरी थारूको नेता हुन सक्छ। त्यही व्यक्तिलाई वार्ता मितिमा राख्नु थरूहट आन्दोलनलाई मजाक बनाएको जस्तो छ,’ उनले फेसबुकमा लेखेका छन्।

RAj Tharu Status




Leave a Reply

Your email address will not be published. Required fields are marked *