थरुहट थारुवान संयुक्त संघर्ष समितिले मेची महाकाली अभियान चलाउने भएको छ। थारु आन्दोलनलाई थप सशक्त बनाउन समितिले पूर्व झापादेखि पश्चिम कञ्चपुरसम्म प्रतिनिधिमूलक जनपरिचालन अभियान सञ्चालन गर्ने निर्णय गरेको हो। बिहीबार राजधानीमा बसेको बैठकले अगामि पुस १ गतेदेखि गतेसम्म अभियान सञ्चालन हुने निर्णयमा उल्लेख छ। 

जसअनुसार पुस १ गते सुनसरीको इटहरीमा कार्यक्रम आयोजना गरिएको छ। कार्यक्रममा केन्द्रीय नेतृत्वकर्ताहरुको उपस्थित हुनेछ। इटहरी कार्यक्रममा झापादेखि सिरहासम्मका प्रतिनिधिहरुको सहभागिता रहनेछ।

त्यस्तै पुस ३ गते बाराको पथलैयामा कार्यक्रम आयोजा हुनेछ। बारामा महोत्तरीदेखि मकवानपुरसम्मका प्रतिनिधि सहभागी हुनेछन्। पुस ५ गते नवलपरासीको डन्डामा कार्यक्रम हुनेछ। जसअन्तर्गत चितवनदेखि कपिलवस्तुसम्मका प्रतिनिधि सहभागी हुन्छन्।

त्यस्तै पुस ६ गते दाङको लमहीमा कार्यक्रम आयोजा हुनेछ। सो कार्यक्रममा सुर्खेत र बाँकेका प्रतिनिधि सहभागी हुनेछन्। र, पुस ७ गते कैलालीमा कार्यक्रम आयोजना हुनेछ। कार्यक्रममा बर्दियदेखि कञ्चपुरसम्मका प्रतिनिधि सहभागी हुनेछन्।

Tharu Statement 04

 

Tharu Statement 01

Tharu Statement 03

Tharu Statement 02




Leave a Reply

Your email address will not be published. Required fields are marked *