peris dada

एकीकृत नेकपा माओवादीका केन्द्रीय सदस्य वीरमान चौधरी पाँच वर्षसम्म अर्काको घरमा कमैया बसेका व्यक्ति हुन्। उनले बुधबार पार्टी मुख्यालय पेरिसडाँडामा केन्द्रीय समितिको बैठकमा उभिएर भने- ‘कमैया हुँदा मालिकले थोत्रा लुगा दिन्थे, अहिले पार्टीमा पनि यस्तै भयो।’

‘हामी थारुहरु तीन ठाउँबाट उत्पीडित छौं,’ कम्युनिष्ट पार्टीको बैठकमा वीरमानले दुखेसो पोखे- ‘हामी सत्ताबाट, पहाडेबाट र मधेसीहरुबाट उत्पीडित थियौं, अहिले पार्टीबाट पनि उत्पीडित भयौं।’

पाँच वर्षसम्म मालिकले ‘ला, लगा’ भन्दै थोत्रे लुगाहरु दिने गरेको चौधरीले सम्झिए। उनले बैठकमा भने- ‘कमैया हुँदा मालिकले थोत्रा लुगा दिन्थ्यो, अहिले पार्टीले पनि त्यस्तै गर्‍यो, भएको मन्त्री पद अरुलाई दिने, हामीलाई चाँहि राज्यमन्त्रीको लोभ देखाउने ?’




Leave a Reply

Your email address will not be published. Required fields are marked *