Tha Ka Sa_Tharu Sahid Smaran-6, Ganga Tharu

थारु नेताहरुले सबै मिलेर आन्दोलन अघि बढाउनुपर्ने बताएका छन्। दाङको तुल्सिपुरमा आयोजित थारु युवाको राष्ट्रिय भेलाको उद्घाटन सत्रमा बोल्दै थारु सांसदहरुले आन्दोलनको विकल्प नरहेको बताएका थिए। उनीहरुले थारु आन्दोलनलाई जसरी पनि सफलताको शिखरमा पुर्‍याउनुपर्ने बतए। ‘हाम्रा हक अधिकार सुनिश्चित गर्न आन्दोलन अपरिहार्य छ,’ उद्घाटन सत्रमा बोल्दै एमाओवादी सांसद सन्तकुमार थारुले भने, ‘यो आन्दोलन हाम्रा माग पूरा नभएसम्म जारी रहन्छ।’

त्यस्तै फोरम लोकतान्किकका सांसद योगेन्द्र चौधरीले आन्दोलनलाई सबै मिलेर अगाडि बढाउनुपर्ने बताए। आन्दोलनको अर्को विकल्प नहुने भन्दै चौधरीले सबै पक्षलाई समेटेर नयाँ ढंगबाट आन्दोलन गर्नुपर्ने बताए।

थरुहट तराई पार्टी नेपालका सांसद गंगा थारुले थारु आन्दोलन कुनै हालतमा नरोकिने बताइन्। सबैले आआफ्नो स्थानबाट आन्दोलनलाई साथ सामर्थन गर्नुपर्ने चौधरीले बताइन्।

कार्यक्रममा जनजाति नेता पासाङ शेर्पाले थारुहरुको माग जायज रहेको बताउँदै सरकारले यथाशिघ्र माग पूरा गर्नुपर्ने बताए। आन्दोलनकारीमाथि राज्यले गरेको दमन निन्दनीय भएकोसमेत शेर्पाले बताए।

थारु एराउन्ड दी वर्ल्डका अध्यक्ष महावीर चौधरीले कार्यक्रम थारु युवाहरुलाई एकीकृत गर्नका लागि आयोजना गरिएको बताए। कार्यक्रमले कसैलाई काखा पाखा नगरेको बताउँदै चौधरीले कसैको लहैलहैमा लागेर नगरेको प्रस्ट्याए।

‘हाम्रै नेताहरुले कसैको निर्देशनमा कार्यक्रम आयोजना गरिएको आरोप लगाउनुभयो,’ चौधरीले भने, ‘यो कार्यक्रम गर्न न कसैले निर्देशन दिएको छ। न हामीले कसैलाई काखा पाखा गर्न खोजेका छौं।’ उनका अनुसार कार्यक्रममा थारुका युवा संगठनहरुलाई निम्ता गरिएको छ।

चौधरीका अनुसार भेला भएका युवाहरुलाई शनिबारदेखि प्रशिक्षण दिइनेछ। थारु आन्दोलनको कमी कमजोरी र नयाँ योजनाबारेसमेत छलफल हुने बताइएको छ। फुटको संघारमा पुगेको थारु नेतृत्वकर्ताहरुलाई कार्यक्रमले जोड्ने प्रयास गरेको अध्यक्ष चौधरीले बताए।

विदेशबाट शुभकामना

थारु युवाहरुको राष्ट्रिय भेला सफल बनाउन विदेशमा बसेका प्रवासी थारुले शुभकामना दिएका छन्। थारु आन्दोलनलाई ऊर्जा प्रदान गर्न आयोजना गरिएको भेलालाई अमेरिका, दक्षिण कोरिया, साउदी अरब, कतार, दुबई, बेल्जियमलगायतका देशमा बस्ने थारुहरुले शुभकामना दिएका छन्। थारु एराउन्ड दी वर्ल्डका अध्यक्ष महावीर चौधरीका अनुसार कार्यक्रममा सबै देशका अप्रवासी थारुले समर्थन जनाएका छन्।




Leave a Reply

Your email address will not be published. Required fields are marked *