Tharu federatin in USA

थारु एण्ड फ्रेन्ड्स एसोसिएसन अमेरिकाको आठौं साधारण सभा सम्पन्न भएको छ। गत बिहीबार ‘थ्यांकसगिभिङ डे’को दिन अमेरिकाको सिकागोमा साधारण सभा सम्पन्न भएको हो। अमेरिकाका विभिन्न राज्यहरू नेब्रास्का, न्यु मेक्सीको, एरिजोना, क्यालिफोर्नियालगायतका स्थानमा छरिएर रहेका थारुहरुले टेलिकन्फरेन्समार्फत साधारण सभामा उपस्थिति जनाएका थिए।

संस्थाका संस्थापक अध्यक्ष तथा वर्तमान सल्लाहकार त्रिभुवन चौधरीको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा संस्थाका उपाध्यक्ष काशीप्रसाद सिंहले स्वागत मन्तब्य दिएङ्का थिए। अध्यक्ष तिलक महतोले संस्थाको विगत, वर्तमान र भविष्यको कार्ययोजनाबारे जानकारी गराएका थिए।

‘थारु एराउन्ड दी वोर्ल्ड’का अध्यक्ष महावीर चौधरीले टेलिकन्फरेन्समार्फत नेपालबाट कार्यक्रमको सफलताको शुभकामना दिए। उनले थारु एण्ड फ्रेन्डशिप एसोसिएसन अमेरिकाले गरेका कामको प्रशंसा गर्दै नेपालमा थारुको वर्तमान अवस्थाबारे जानकारी गराएका थिए।

साधारण सभामा संस्थाका महासचिव सत्यनारायण चौधरीले संस्थाको प्रगति प्रतिवेदन र संस्थाका कोषाध्यक्ष नेनुलाल चौधरीले आर्थिक प्रतिबेदन प्रस्तु गरेका थिए। साधारण सभाले दुबै प्रतिवेदन अनुमोदन गरेको छ।

थारू एण्ड फ्रैन्ड्स एसोसिएसन (टफा)ले सन् २००८ देखि नै हरेक वर्ष नेपालका विभिन्न क्याम्पसहरूमा अध्य्यनरत ६ देखि ८ जना थारू विधार्थीलाई उच्च शिक्षा अध्ययनको लागि क्षात्रवृति प्रदान गर्दै आइरहेको छ।

यसै वर्षदेखि लागू हुनेगरी पूर्व कमैया थारूहरूको छोराछोरीमध्ये कम्तीमा १ जनालाई हरेक वर्ष अनिवार्यरूपमा सो छात्रवृति प्रदान गर्ने निर्णय टफाले गरेको छ। टफाले हरेक वर्ष प्रदान गर्ने छात्रवृतिलाई स्थायित्व दिन यथासिघ्र छात्रवृति अक्षयकोषको स्थापना गर्ने निर्णय गरेको छ।

संस्थाले संगठन विस्तारको लागि अमेरीकाका विभिन्न सहर र राज्यमा च्याप्टर/शाखाहरू खोल्ने निर्णयसमेत गरेको छ। सोही अवसरमा नबीन चौधरीले प्रस्तुत गरेको अनलाइन थारू शब्दकोषको स्थापना र गुगल म्यापमा थारूहरूको साँस्कृतिक पहिचान बोकेका स्थानलाई मार्क गर्ने प्रोजेक्टलाई अनुमोदन गरेको छ।

यसै वर्षदेखि सो संस्थाले नेपाल तथा अमेरिकामा आइपर्ने दैबीप्रकोप तथा आकस्मिक मानवीय क्षतिको बखतमा सहयोग गर्ने उद्देश्यले ‘आकस्मिक कोष’को स्थापना गरी सो कार्यक्रमबाटै रकम संकलन गर्ने कार्यको शुरूआत गरिसकेको छ।




Leave a Reply

Your email address will not be published. Required fields are marked *