Manoj Tharuमनोज थारु– थारू सामुदाय एक स्वतन्त्र एवँ छुट्टै विशिष्ट, पहिचान, भाषा, धर्म, सांस्कृति, सभ्यता, रहनसहन, रीतिरिवाज, परम्परा, भेषभुषा भएको तराईको भूमिपुत्र हो। तर थारूहरूको इमान्दारिता, सोझोपन, सहनशीलताको गलत फइदा उठाउँदै बेला बेलामा उनीहरूमाथि प्रहार हुँदै आएको छ। उदाहरण लागि, उनीहरूको विशिष्ट पहिचान, अस्तित्व र अधिकारको अन्त्य गर्दै उनीहरू माथि जबर्जस्ती भिडाइएको मधेसी बिल्ला छँदै छ।

हामी थारू समुदायमा राजनीतिक चेतानको कमि र चेतनशीलहरू पनि आफ्नै व्यक्तिगत स्वार्थको लागि एमाले, काङ्ग्रेस, मधेसी दालको झोलेको भूमिका निर्वाह गर्न भुगेको हुनाले अहिले थारूको अस्तित्व संकट्मा देखिएको छ। आज आएर थारूको भाविष्यमाथि कालो बादल मडारिरहेको छ। यस बादलले निश्चितरूपमा ठूलो आँधीबेरी ल्याइ थारूको आधिकारमाथि प्रहार गरी उनीहरूको जीवनशैली निरंकुश पञ्चायती ब्यवस्थाभन्दा दर्दनाक गर्नेछ।

थारूहरूको भाविष्य कता जला? उनीहरूले आफ्नो अधिकार स्थापित गर्न सक्लान् वा नसक्लान्? थारूहट स्थापित होला य नहोला। यी र यस्ता प्रश्नहरू मेरो मनमा खुल्दुली मच्चिनु स्वाभिक हो। किनकि म स्वंय एक थारू युवा हुँ। अहिले संविधान जारी गर्ने दिन नजिकिँदै गर्दा संघीयताको विषयलगायत राज्यको शासकीयस्वरूप, निर्वाचन प्रणालीजस्ता मुख्य राजनीतिक विवादमा चर्को संघर्ष भइरहेको छ। संविधान जारी होला य नहोला आफ्नो ठाउँमा छ। तर आफ्नो पहिचानसहितको आत्मनिर्णयको अधिकार स्थापना गर्नका लागि विभिन्न जातीय संघठानहरू स्थापित हुनुको सथै जुरमरइरहेको छन्। सत्य कुरो तीतो हुन्छ, तीतो पचाउन गाह्रो हुन्छ। तर सत्य भने यही हो। हामी थारू सामुदाय दुई सय चालिस वर्षदेखि उत्पीडित, शोषित वर्ग हौं भन्दा एकात्मकवादीहरू मान्न तयार हुन्न। र जातीय पहिचानसहितको थारुहट संघीय राज्यको कुरा उठाउँदा विखण्डनकारीको संज्ञा दिन्छ। र, फेरि निरंकुश पञ्चायती व्यवस्था सुनियोजित तारिकाले उनीहरूमाथि लादिन खोज्दैछ।

हो, हामीले आफ्नो अधिकार स्थापित गर्नका लागि पहिचानसहितको संघीयता अपरिहार्य छ। तर हाम्रा अग्रज भनाउँदा थारू अगुवाहरूको चालढाल हेर्द ‘थरूहट’ त परै जाओस् ‘थ’ पनि नपाइएलाजास्तो अवस्था सिर्जना भइरहेको छ। हालैमात्र सम्पन्न थकसको २१औं महाधिवेशनबाट तराईलाई बहुप्रदेशसहित तराई र पहाडलाई एकआपसमा गाभ्न नहुने एजेन्डा परित गरे पनि सत्ताधरी दुई ठूला दल एमाले र कङ्ग्रेसले यसको ठीक विपरीत प्रदेशको जथाभाबी नामांकन र सीमांकन गरी आदिवासी थारूमाथि बुट प्रहार गरिरहेका छन्। उनीहरूले आफ्नो ध्यान तराईकेन्द्रीत गरी थारूहरूलाई आफ्नो अधिकारबाट वञ्चित गराउने दुस्साहस गरिरहेका छन्। थारू बाहूल्य रहेको कैलाली, कञ्चनपुर, चितवान, झापा, मोरङ, सुनसरी आदि जिल्लालाई उनीहरूको मर्म अनुकूल पहाडमा गाभिँदैछ। अखण्ड सुदूरपश्चिम आञ्चल नाम दिएर थारूहरूको राजनीतिक, सामाजिक, सांस्कृतिकसँगै जातीय सद्‍भाव खल्बलाउने किसिमको खतरा र चुनौतीहरू थारूहरूलाई दिइँदैछ।

एमालेका अध्यक्ष केपी ओलीले ‘फापर फाल्ने पहाडलाई उर्वर तराईसँग अलग्याउन दिन्नौं’ भनेर चुनौती दिँदा पनि थारू नेताहरू मौन छन्। तर दुःखको कुरा, थारू नेताहरू कुम्भकर्णझैं निन्द्रामा मस्त निदाइरहेका छन्, एमाले र कङ्ग्रेसको झोले भएर हिँडिरहेका छन्, पर्टी सेमिनारलगायत कार्यक्रममा व्यस्त छन्, अफ्नो छोराछोरीको भविष्यका लागि विदेशमा योजना बनाइरहेका छन्, पद जाला भनी ‘चु’समेत बोल्न सकिरहेका छैनन्। तर तपाईँहरू जहाँ व्यस्त भए पनि, जुनसुकै पार्टीबाट आए पनि तपाईँहरूको मुख्य लक्ष्य सदनमा थारू सामुदायको आवाज पुर्‍याउनु हो, सँगसँगै हाम्रो हकधिकार सुनिचित गर्नु हो। तर यतिबेला तपाईँहरू चुप लागेर बस्दा थारू सामुदायको पहिचान, अस्तित्व संकटमा परेको छ। मान्छेको सबैभन्दा ठूलो सम्पत्ति उसको पहिचान हो। तर पहिचानमाथि नै प्रहार भए मान्छे कसरी बच्ला। त्यसैले थारू अगुवाहरूलाई हार्दिक अनुरोध छ, दाममात्र नकामउनुस्, आफ्नो पहिचान जोगाउनतर्फ पनि लगाउनुस्।

हेक्का रहोस्, यो देशका थारू नेताहरूलाई। समय एकहोरो आफू अनुकूलता हुँदैन। दिनपछि रात र रातपछि दिन हुन्छ। प्रविधिको विकाससँगै थारू युवाको रूप पनि फेरिँदैछ। अब प्रत्येक थारूको चेतना खुल्दैछ। तसर्थ हामी संविधान जारी गर्ने मुखमै छौं। र, यतिबेला आफ्नो अधिकार स्थापित नगरेर कहिले गर्ने? त्यसैले नेताज्यूहरू निःस्वार्थ भावले थारू र थारूहटको लागि अधिकार सुनिचित गरिदनुस्।

लेखक बैंगलोरमा स्नातक अध्ययनरत छन्।




Leave a Reply

Your email address will not be published. Required fields are marked *