guruwa-1सन्तोष दहित, दाङ- थारु गुरुवा वैदवा महासंघको केन्द्रीय अध्यक्ष चन्द्रप्रसाद चौधरीले अब बन्ने संविधानमा पहिचानसहितको संघीयता बनेमात्र थारु गुरुवा वैदवा, सोह्रिन्याहरुको अधिकार सुनिश्चित हुने बताएका छन्। गुरुवा वैदवा, सोह्रिन्याहरुको क्षेत्रीय सम्मेलन कार्यक्रममा चौधरीले जिल्लामा छरिएर रहेका सबै देशबन्ध्या गुरुवा, घर गुरुवा, धररिया गुरुवा, टेलडिह्वा, वैदवा, सोह्रिन्याहरु संगठित गराउने उद्देश्यले यो अभियान चलाएको बताए।

उनले भने– “ केही महिनामा दाङ, बाँके, बर्दिया, कैलाली, कञ्चनपुर र सुर्खेतमा थारु गुरुवा वैदवा महासंघ विस्तार हुन्छन् त्यसपछि राज्यसे आफूहरुको अधिकारको लागि ढोका ढक्ढकाउनेछौं।” यति गर्दा पनि राज्यले थारु गुरुवा वैदवालाई मान्यता दिएन भने अधिकारका लागि जस्तोसुकै लडाइँ लड्न तयार रहन गुरुवा वैदवा, सोह्रिन्याहरुलाई निर्देशन दिए।

थारु महटवा वरघर भलमन्सा महासंघका केन्द्रीय सदस्य जगवीर चौधरीले थारु गुरुवा वैदवाहरु आफ्नो अधिकारको लागि सबै गुरुवा वैदवा, सोह्रिन्याहरु जागरुक भएर अगाडि बढनुपर्ने बताए। उनले भने– “पछिल्लो चरणमा थारु गुरुवा वैदवाहरुलाई राज्यले वेवास्ता गरेको कारणले आज गुरुवा वैदवा संकटमा परेको छ।” उनले अब राज्यले थारु गुरुवाहरुको तन्त्र मन्त्रलाई अभिलेख गर्नुपर्ने बताए।

कार्यक्रममा थारु कल्याणकारिणी सभा दाङका सभापति तेजमान चौधरीले सम्मेलमा सोह्रिन्याहरुको पारिश्रमिक एउटै बनाउनुपर्ने कुरामा जोड दिए। सोह्रिन्यहाहरु पनि नर्शजस्तै काम गर्नसक्ने क्षमता रहेको चौधरीले बताए। गाँउ गाँउमा सोह्रिन्याहरुले नर्शको काम गर्दै आएकाले राज्यले वार्षिक सोह्रिन्याहरुलाई नर्शजस्तै तालिम दिनुपर्ने बताए।guruwa-3

महासंघको केन्द्रीय अध्यक्ष चन्द्रप्रसाद चौधरीको अध्यक्षतामा भएको कार्यक्रमममा नेपाल लोकतान्त्रिक थारु संघकाका केन्द्रीय उपाध्यक्ष रामप्रसाद चौधरी, थारु पत्रकार संघ दाङका अध्यक्ष सन्तोष दहित, थारु गुरुवा बेझलाल चौधरी, सेतु चौधरी, बुझौना चौधरी, थारु वुद्धिजीवी शंकर चौधरी, भीषण चौधरी, धनिराम चौधरी, मंगल चौधरी, सोह्रिन्या पुन्या चौधरी, सखरलहरी चौधरीलगायत सहभागी थिए।

सम्मेलनबाट गुरुवा वैदवाको ज्याला निर्धारण

सम्मेल्लनले थारु देशबन्ध्या गुरुवा, केसुक्का गुरुवा, घर गुरुवा, धररिया गुरुवा, वैदवा, सोह्रिन्या र टेलडिह्वाका लागि  पारिश्रमिक निर्धारणतय गरेको छ। सम्मेलबाट देशबन्ध्या गुरुवाका लागि दुई हजार पाँच सय, केशुक्वा गुरुवाका लागि एक हजार, घर गुरुवाका लागि एक पचास, धरिया गुरुवाका लागि एक सय, बिरामीका लागि पाटी बसेको बेला एक सय, आछट हेरेको पचास, सोह्रिन्याहरुको लागि एक हजार र तेलडिह्वाहरुका लागि पाँच सय निधारर्ण गरेको छ। सम्मेलनमा निर्धारण गरेको ज्यालाभन्दा कममा कसैले काम गरेमो महासंघबाट कडा कारबाही गर्ने पनि बताएको छ। सम्मेलनमा पाँच सयभन्दा बढी गुरुवा  वैदवा तथा सोह्रिन्याहरुको सहभागिता थियो।guruwa-2

बुझौनाको नेतृत्वमा कार्यसमिति चयन

यसैबीच थारु गुरुवा वैदवा महासंघ केन्द्रीय कार्यसमितिले दाङको क्षेत्र नं ३ मा आफ्नो कार्यसमिति कार्यसमिति विस्तार भएको छ। बुझौना चौधरी अध्यक्षतामा ११ सदस्यीय क्षेत्रीय कार्यसमिति विस्तार गरेको हो। त्यस्तै उपाध्यक्षमा सखरली चौधरी, सचिवमा शंकर चौधरी, सहसचिवमा पतिराम चौधरी, सदस्यहरुमा मनवीर चौधरी, राजकुमारी चौधरी, जुगमानी चौधरी, रामशरण चौधरी, तीर्थराम चौधरी, नन्दराम चौधरी र गुरुप्रसाद चौधरी रहेका छन्।




Leave a Reply

Your email address will not be published. Required fields are marked *