एमालेका प्रभावशाली नेतृ भगवती चौधरी सुनसरी क्षेत्र नम्बर ३ बाट सिफारिस

नेकपा एमालेका प्रभावशाली नेतृ भगवती  चौधरी प्रतिनिधिसभा निर्वाचनका लागि सुनसरी क्षेत्र नम्बर ३ बाट उम्मेदवार चयन भएकी छन्। पार्टी संगठनको क्षेत्रीय समन्वय कमिटीले चौधरीलाई एकल उम्मेदवारको रुपमा सो क्षेत्रबाट सिफारिस गरेको हो।

चौधरीले संविधान सभाको नभई प्रतिनिधिसभाको चुनाव भएकाले राज्यका सबै प्रशासनिक निकायहरुले पूर्वाग्रही नभइकल ड्युटी निर्वाह गर्न आग्रह गरेकी छन्। उनले आफूलाई देशको चेली बनाउन आह्वानसमेत गरेकी छन्। ‘सुनसरी क्षेत्र नं. ३ का आम जनमतदाताहरुलाई एकपटक युवा लगनशील, जनतामा समर्पित, समाज परिवरतनको पक्षधर तपाईँकी चेलीलाई देशको छोरी बन्ने अवसर प्रदान गराइदिनुस् भनि आग्रह र अनुरोध गर्दछु,’ उनले भनेकी छन्।

गत २०७० सालको दोस्रो संविधान सभा निर्वाचनमा  अभिमत संरक्षण हुन नसक्दा प्राविधिक हार गराइएको स्पष्ट पार्दै उनले यसपटक सर्वप़क्षीय संरक्षण हुने आशा रहेको बताइन्। उक्त चुनावमा नेपाल लोकतान्त्रिक फोरमका अध्यक्ष विजय गच्छदारसँग झिनो मतले पराजित हुन पुगेकी थिइन्।

त्यस्तै सांसद मञ्जु चौधरी उदयपुर क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा चुनावमा सिफारिसमा परेकी छन्।




Leave a Reply

Your email address will not be published. Required fields are marked *