Bhim-Rawal

उपप्रधानमन्त्री तथा रक्षामन्त्री भीम रावलले आयोगमार्फत कैलाली-कञ्चनपुरका थारू समुदायको समस्या सम्बोधन गरिने बताएका छन्। एमाले उपाध्यक्षसमेत रहेका मन्त्री रावलले आज नयाँ संविधानबारे कञ्चनपुरमा एमाले कार्यकर्तालाई प्रशिक्षण दिँदै नयाँ संविधानमा सबैका हक अधिकार सुनिश्चित भएका जानकारी दिए।

नयाँ संविधानका उपलब्धिबारे आयोजित प्रशिक्षण कार्यक्रममा आदिवासी, थारू समुदायका एमालेका अगुवा कार्यकर्ताको सहभागीता थियो। मन्त्री रावलले थारू समुदायका माग आयोगमार्फत हल हुने जानकारी दिँदै आन्दोलन फिर्ता लिनसमेत आह्वान गरे। कैलाली कञ्चनपुरका थारू समुदायलाई आयोगमार्फत विशेष अधिकार दिलाइनेसमेत उनले बताए।

नयाँ संविधानले मधेसी, आदिवासी, थारू, दलित सबै समुदायलाई समेटेको भन्दै संविधानको सबैले पालना गर्नमा समेत मन्त्री रावलले जोड दिए। मन्त्री रावलले भने, ‘जनताको चुलो बन्द गरेर आन्दोलन गर्नु अनैतिक हो।’ रासस




Leave a Reply

Your email address will not be published. Required fields are marked *