Warta-toli

संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले औपचारिक रुपमा सरकार र प्रमुख तीन दलसँग वार्तामा बस्न तयार भएको छ । साथै उनले चार सदस्यीय वार्ता टोली समेत गठन गरेको छ ।

मधेसी मोर्चाको आइतबार राजधानीमा बसेको बैठकले सीमा नाकामा धर्नासहितका आन्दोलन जारी राख्दै वार्ता गर्न टोली बनाएको हो । ‘परिणाममुखी वार्ताका लागि ठोस प्रस्तावसहित आउन सरकार र तीन दललाई आग्रह गरेका छौं’ मोर्चामा आवद्ध तमसपाका वरिष्ठ नेता रामनरेश यादवले अनलाइनखबरसँग भने-‘वार्ताको नाममा लिङगरिङ नहोस् । हामी परिणाममुखी वार्ता चाहन्छौं ।’

वार्ता टोलीमा सदभावनाका लक्ष्मणलाल कर्ण, तमलोपाका सर्वेन्द्रनाथ शुक्ला, संघीय समाजवादी फोरमका लालबाबु राउत र तमसपाका रामरनेश राय छन् ।




Leave a Reply

Your email address will not be published. Required fields are marked *