Anuradha Chaudhary

अनुराधा चौधरीको अविजित ३५ रनको मद्धतले जनकपुर क्षेत्र नम्बर ७ ले बिराटनगरलाई हराउँदै प्रधानमन्त्री कपको फाइनलमा पुगेको छ । जनकपुरले दोस्रो सेमिफाइनलमा बिराटनगरलाई ७ विकेटले पराजित गरेको हो ।
टस जतिेर ब्याटिङ गरेको बिराटनगरले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा ५८ रन बनायो । जवाफी ब्याटिङ गरेको जनकपुरले ११ ओभरमा ३ विकेटको क्षतिमा लक्ष्य भेट्टायो ।
जनकपुरकी अनुराधा चौधरी प्लेयर अफ दी म्याच भइन् । त्यस्तै पहिलो खेल मा धनगढी क्षेत्र नम्बर ९ लाई ४ विकेटले पराजित गर्दै एपिएफ फाइनल यात्रा पक्का गरेको थियो । फाइनलमा जनकपुर–७ र एपिएफ भिड्नेछ ।




Leave a Reply

Your email address will not be published. Required fields are marked *