TSS_kanchanpur

महेन्द्रनगर- कञ्चनपुरको महेन्द्रनगर पार्कमा थारु विद्यार्थी समाज तदर्थ समिति गठन गरिएको छ। कार्यक्रमा राजनीतिक दल, पत्रकार, गैर सरकारी संस्थाका पदाधिकारीलगायत कञ्चनपुरको विभिन्न क्याम्पसमा अध्यनरत ५० जना थारु विद्यार्थीहरुको उपस्थिति रहेको थियो। उक्त भेलाले सिद्धनाथ विज्ञान क्याम्पस बीएससी दोस्रो वर्षमा अध्ययनरत सन्तराम चौधरीको अध्यक्षतामा ११ सदस्य रहेको तदर्थ कार्यसमित गठन गरेको छ। जसमध्ये उपाध्यक्ष लक्ष्मी चौधरी, सचिव विशाल चौधरी, सहसचिव गीता चौधरी, कोषाध्यक्ष उमा चौधरी, सदस्यमा आशु चौधरी, राम प्रसाद चौधरी, सुशीला चौधरी, ज्ञानु चौधरी, रिता चौधरी र नरेन्द्र चौधरी चयन भएका छन्।

भेलालाई सम्बोधन गर्दै थारु विद्यार्थी समाजका केन्द्रीय सदस्य गीता चौधरीले थारु विद्याथीलाई आइपर्ने समस्यामा अब थारु विद्यार्थी समाज नै सचेत हुनुपर्नेमा जोड दिइन्। आफ्नो अधिकार प्राप्तिका लागि जस्तोसुकै समस्याबाट पनि पछि नहट्नसमेत आग्रह गरिन्।

त्यसैगरी कार्यक्रममा बोल्दै थरुहट तराई पार्टी नेपालका सुप इन्चार्ज कीर्तिबहादुर थापामगरले थाविसलाई आफूसक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे। आफू राजनीतिक हैसियतले नभइ विद्याथीको हैसियतले सहयोग गर्ने र देश निर्माणमा विद्यार्थीहरुकै भूमिका उच्च रहेकाले विभिन्न माध्यमबाट विद्याथीहरु नै अघि सर्नुपर्ने उनले बताए।

थारु पत्रकार संघका सुप क्षेत्रीय संयोजक रामचन्द्र कुश्मीले चुनौती नै अवसर भएकाले थारु विद्यार्थी समाज अवसरका लागि जस्तो सुकै चुनौतीसँग सामना गर्न तयार हुनुपर्नेमा जोड दिए। विगतदेखि वर्तमानसम्म पनि समग्र थारु समुदाय विभिन्न राजनीतिक समस्याहरु झेल्दै आएको र अब त्यो समस्यालाई थारु समुदायबाट मुक्त गर्न थारु विद्यार्थी समाजले सर्घष गर्नुपर्ने उनले बताए।




Leave a Reply

Your email address will not be published. Required fields are marked *