नाइटिङ्गेल उत्सव
नाइटिङ्गेल स्कुलले प्रजातन्त्र दिवसको अवसरमा आफ्नो २२औं स्थापना दिवस मनाएको छ। वन तथा भूसंरक्षण मन्त्री महेच आचार्यको विशेष आतिथ्यमा आयोजित कार्यक्रममा स्कुलका विद्यार्थीहरुले मार्च पास गरेका थिए। आर्मी प्रशिक्षण केन्द्र लगनखेलको मैदानमा विद्यार्थीहरुले नृत्यकला प्रस्तुत गरेका थिए। सो अवसरमा नाइटिङ्गेल फाउन्डेसनका अध्यक्ष तेजुलाल चौधरीले २५औं स्थापना दिवससम्म स्कुलले छुट्टै पहिचान बनाउने घोषणा गरे। उनले विपन्न तथा जेहेन्दार विद्यार्थीहरुलाई आफ्नो स्कुलमा आउन आह्वानसमेत गरे। कार्यक्रममा जेहेन्दार विद्यार्थी तथा शिक्षक/शिक्षिकालाई पुरस्कार वितरण गरेको थियो। कार्यक्रममा मन्त्री आचार्यलाई नेपाली कांग्रेसका सभासद् समेत रहेका चौधरीले मायाको चिनो प्रदान गरेका थिए। कार्यक्रमका तस्बपर हेर्नुस्:
Facebook Comment