Raj Kumar Lekhi-2

महिलालाई कति प्रतिशत पद दिने? संविधानले ३३ प्रतिशत दिन सिफारिश गरेको छ तर त्यो सिफारिश बाध्यकारी छैन। राजकुमार लेखीले भने थारु कल्याणकारिणी सभामा अनौठो प्रस्ताव राखेका छन्। नेपालको सबैभन्दा पूरानो यो संस्थामा लेखिले गाउँ, नगर, जिल्लादेखि केन्द्रसम्मका कमिटिमा ५१ प्रतिशत महिला राख्नुपर्ने प्रस्ताव गरेका छन्।

थारु कल्याणकारिणी सभाको बुटवलमा चलिरहेको केन्द्रीय कमिटिको बैठकमा उनले यस्तो प्रस्ताव राखेका हुन्। राष्ट्रिय नागरिक पार्टी (नेपाल) का अध्यक्ष समेत रहेका लेखीले आफ्नो पार्टीमा पनि ५१ प्रतिशत महिलाको प्रस्ताव गरेको कुरा खोले।
नेपाल आदिवासी जनजाति महासंघका सल्लाहकार रहेका लेखीले भने, ‘महासंघमा पनि अब ५१ प्रतिशत महिला राख्नुपर्छ।’

थारु कल्याणकारिणी सभाको भोलिदेखि लुम्बिनीमा केन्द्रीय परिषद बैठक बस्दैछ। बैठकमा प्रस्तुत गर्ने एजेण्डका लागि केन्द्रीय समिति बैठक बसेको हो । बैठकमा लेखीले ५१ प्रतिशत महिलाको प्रस्ताव गरेका हुन्। लेखीले भने, ‘कागजमा मात्र लेखेर राज्य पुनसंर्रचना हुँदैन, व्यवहारमा समाज बदल्नुपर्छ भनेर ५१ प्रतिशत प्रस्ताव गरेको हूँ ।’

उनले भने, ‘नयाँ संविधानमा राज्यका हरेक निकाय तथा अंगमा ५१ प्रतिशत ठाउँ दिने व्यवस्था गरौं, दस वर्ष यस्तो व्यवस्था निरन्तर गरियो भने देश अर्कै हुन्छ।’




Leave a Reply

Your email address will not be published. Required fields are marked *