गौर- नेकपा (एमाले)का वरिष्ठ नेता एवम् पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले चुरे क्षेत्रको उत्खनन्ले मधेसको भू–भाग मरुभूमि हुने भन्दै मधेस बचाउन चुरे संरक्षणका लागि ध्यान दिनुपर्ने बताउनुभयो ।
आज यहाँ स्थानीय सञ्चारकर्मीसँगको भेटका क्रममा उहाँले अहिले व्यापकरुपमा भइरहेको चुरे क्षेत्रको दोहन तथा वन विनास रोकिएन भन्ने मधेसका गाउँ वस्तीसमेत बग्ने र ठूलो घाटा व्यहोर्नुपर्ने बताउनुभयो।
नेता नेपालले चुरे क्षेत्र तराईको प्रत्यक्ष हितसँग जोडिएकाले यसलाई संरक्षण गर्न तथा जोगाउन मधेसबाट प्रतिनिधित्व गर्ने सम्पूर्ण सभासद्को ध्यान जान जरुरी रहेको बताउनुभयो । रासस




Leave a Reply

Your email address will not be published. Required fields are marked *