थारू समाचार

इजरायलमा ज्यान गुमाएका आशिष चौधरीसहितका परिवारलाई जनही १० लाख राहत दिने सरकारको निर्णय

सरकारले इजरायलमा आतंकवादी हमलामा परी ज्यान गुमाएका नेपाली नागरिकका परिवारलाई राहतस्वरुप प्रतिपरिवार १० लाख उपलब्ध गराउने निर्णय गरेको छ। मन्त्रिपरिषद्को आजको आकस्मिक बैठकले उक्त निर्णय गरेको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन्। बैठकले स्वदेश फर्कन चाहनेहरुलाई नेपाल वायु सेवा निगम र हिमालयन एयरलाइन्सको विमान...

थारूवान

प्रतिनिधिसभाका सदस्य अशोककुमार चौधरी खेलक्षेत्र सरकारको उपेक्षामा परेको बताउँछन्। खेलमैदान हुँदै सदनसम्म आइपुग्दा पटक-पटक सरकारको ध्यानाकर्षण गराएका सांसद चौधरीले खेलक्षेत्रप्रति सरकार गम्भीर हुनुपर्ने कुरा दोहोर्‍याए। “खेलाडी रहेमा नै खेल रहन्छ, खेलको माध्यमबाट देशको नाम विश्वमा चिनाउँदै देशको गौरव बढाउन सक्छौं”, डोरीतान खेलाडी चौधरीले भने, “तर खेलक्षेत्रप्रति सरकारले उपेक्षा गरेको...

थारूवान

प्यालेस्टानी विद्रोही (हमास)को आक्रमणबाट इजरायलमा १० जना नेपाली विद्यार्थीको मृत्यु भएको छ। सँगै गएका नेपाली विद्यार्थी नितिन भण्डारीका अनुसार अन्य चार जना घाइते भएका छन् भने एक जना सम्पर्कविहीन छन्। अन्य दुई जना भने सकुशल रहेको नितिनले जानकारी दिए। उनीहरू सबै जना सूदुरपश्चिम विश्वविद्यालयका विद्यार्थीहरू रहेको नितिनको भनाइ छ।...

थारूवान

नेकपा माओवादी केन्द्रका सांसद अमनलाल मोदीले विद्यालय शिक्षा विधेयकले परीक्षा बोर्डका आन्दोलनरत कर्मचारी, अपाङ्गता भएका व्यक्ति, वर्गीय शिक्षाको अन्त्य गर्दै शिक्षामा समान पहुँचका लागि जोड दिनुपर्ने बताएका छन्। उनले शिक्षालाई राजनीतिबाट कसरी मुक्त गर्ने, भविष्यमा देखिने समस्या कसरी समाधान गर्ने र समग्र शिक्षा क्षेत्र कस्तो बनाउने? भन्ने कुरा विधेयकमा...

थारूवान

चीनको हाङझाउमा जारी १९औँ एसियाली खेलकुदमा नेपालले पहिलो पदक प्राप्त गरेको छ। नेपालले महिला कबड्डीतर्फ कास्य पदक प्राप्त गरेको हो। महिला कबड्डीको सेमिफाइनलमा नेपाल भारतसित पराजित भएको छ। भारतसित पराजित भएसँगै नेपाल कास्य पदकमै सीमित भएको हो। केहीबेर अघि सम्पन्न सेमिफाइनल खेलमा भारतले नेपाललाई ६१-१७ अङ्कले पराजित गरेको हो।...

थारूवान

काठमाडौँको महाराजगन्जमा गोली लागेर घाइते अवथामा भेटिएकी शर्मिला चौधरीको उपचारका क्रममा मृत्यु भएको छ। उनको त्रिवि शिक्षण अस्पतालमा बिहीबार मृत्यु भएको हो। यही असोज १० गते काठमाडौँ महानगरपालिका-४ पञ्चकन्यास्थित आफ्नै डेरामा गोली लागेको अवस्थामा भेटिएकी चौधरीलाई उपचारका लागि त्रिवि शिक्षण अस्पताल भर्ना गरिएको थियो। उनको उपचारका क्रममा मृत्यु भएको...

थारूवान

भूमि, व्यवस्था तथा सहकारीमन्त्री रञ्जिता श्रेष्ठले सरकारले संविधान दिवसको अवसरमा कैदीलाई आममाफी नदिएको बताएकी छन्। संसद् भवनबाहिर सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले सरकारले आम माफी नभइ कैद कट्टामात्रै गरेको बताएकी हुन्। उनले आफूहरुले अपराधी राजनीतिक तवरबाट छुट्नुपर्छ नभनेको भन्दै यस पटक कसैलाई आममाफी नदिइएको र कैद कट्टा गरेर छुटाइएको बताइन्।

थारूवान

थारु कल्याणकारिणी सभा युएईले शनिबार दुबईमा जितिया कार्यक्रम आयोजना गर्ने भएको छ। थाकस युएईका अध्यक्ष भागरथी कुमार भगतले दुबईको अलकुद्रा पार्कमा जितिया कार्यक्रम आयोजना हुने बताए। कार्यक्रम राति १० बजे सुरु हुने आयोजकले बताएको छ।

थारूवान

थारु कल्याणकारिणी सभा कतार च्याप्टरले भोलि शुक्रबार दोहामा जितिया कार्यक्रम आयोजना गर्ने भएको छ। च्याप्टरका अध्यक्ष श्यामलाल चौधरीले दोहाको प्लाजा ग्राण्डमलस्थित वेलफ्यर रेस्टुरेन्टमा जितिया कार्यक्रम आयोजना हुने बताए। कार्यक्रम विहान ११ बजे सुरु हुने आयोजकले बताएको छ।

थारूवान

थारू कल्याणकारिणी सभा बाराको सभापतिमा पुन: रामप्रसाद चौधरी निर्वाचित भएका छन्। कोल्हबीमा आइतबार सम्पन्न  जिल्ला अधिवेशनले उननलाई पुन: नेतृत्व सुम्पेको हो। उनले जयप्रकाश चौधरीलाई पराजित गरेका हुन्। रामप्रसाद चौधरीले ३३९ मत पाउँदा जयप्रकाशले १५५ मत पाए।

थारूवान
1 20 21 22 23 24 150