प्रवासमा थारू

थाकस युएईद्वारा टीकापुर राजबन्दी परिवारलाई आर्थिक सहयोग

थारु कल्याणकारिणी सभा (थाकस) युएईले टीकापुर घटनाका राजवन्दी परिवारलाई आर्थिक सहयोग गरेको छ। सभाले कैलाली जिल्ला अदालतले आजीवन काराबास सुनाएका दस जनालाई आर्थिक सहयोग गरेको हो।

थारूवान

थारु कल्याणकारिणी सभा (थाकस) युएईको पाँचौं अधिवेशनले नयाँ नेतृत्व चयन गरेको छ। शुक्रबार दुबईको जाबिल पार्कमा सम्पन्न अधिवेशनले खोर बहादुर चौधरीको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको छ।

थारूवान

थारु कल्याणकारिणी सभा (थाकस) युएईले माघी अगावै आफ्नो वार्षिक साधारणसभा गर्ने भएको छ। युएई सरकारले कोरोना महामारीका कारण सार्वजनिकरुपमा कार्यक्रम गर्न बन्देज लगाएपछि माघी अगावै अधिवेशन गर्न लागेको थाकस युएईले जानकारी दिएको छ।

थारुवान/काठमाडौं

थारु कल्याणकारिणी सभा युएईको पहलमा रेशम चौधरीको किताब परिबन्द प्रकाशनका लागि दुई लाख सहयोग गरिएको छ। युएई सभाका तर्फबाट कमल चौधरीको नेतृत्वमा उक्त रकम संकलन गरिएको थियो। जसमा युएईलगायत विदेशमा बस्ने थारुहरुले सहयोग गरेको थियो। सभाका अनुसार युएईमा कार्यरत कमल चौधरी, जनक चौधरी, संजय चौधरी, दिपेन्द्र कुमार माझी थारु,...

थारुवान/दुबई

दुबई-  वैदेशिक रोजगार कसैको लागि चाहना हुन सक्छ । तर अधिकांश नेपालीहरु बाध्यताले वैदेशिक रोजगारीमा होम्मिएका छन् । त्यस्तै बाध्यताले बर्दियाकी प्रेमा थारुलाई पनि वैदेशिक रोजगारीको बाटोले डोर्यायो । सामान्य लेखपढ गर्नमात्र जान्ने र हातमा कुनै सीप नभएका प्रेमालाई दलालले घरेलु कामदारमा आकर्षक तलबको लोभ देखाए । घरायसी समस्यमा...

मदन चौधरी

अष्ट्रेलियामा बस्दै आएका सञ्जीव चौधरीले आइसिएन एनएसडब्लु प्रतियोगिताको पुरुषतर्फ दुई गोल्ड र एक सिल्भर मेडल जित्दै स्टेट च्याम्पियन बन्न सफल भएका छन्। अष्ट्रेलियाको सिड्नीमा भएको स्पर्धामा उनले पुरुषतर्फ इन्टरमेडियट र ३० प्लस उमेरमा गोल्ड मेडल जितेका हुन्। पुरुषतर्फको खुल्ला स्पर्धामा भने उनले सिल्भर मेडल जिते।

थारूवान

अमेरिका र क्यानाडामा बस्ने थारुहरुको साझा संस्था थारु एन्ड फ्रेन्ड्स एसोशिएसनले नयाँ पदाधिकारी चयन गरेको छ। शनिबार र आइतबार भएको ११औं महाधिवेशनले डा‍. सुशील चौधरीको नेतृत्वमा नयाँ पदाधिकारी चयन गरेको हो।

थारूवान

दोहा, कतार। थारु कल्याणकारिणी सभा कतार च्याप्टरको पाँचौं अधिवेशनले नयाँ कार्यसमिति चयन गरेको छ। गत जनवरी २५ मा अल समाल पार्कमा आयोजित माघी महोत्सव तथा पाँचौं अधिवेशनले अरविन्द कुमार चौधरीको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको हो।

थारूवान

कारी महतो/चितवन। थारु सोसाइटी अष्ट्रेलियाले जलेश्वर महतो बचाउ अभियानका लागि अहिलेसम्म प्राप्त सहयोग मध्येको ठूलो रकमको आर्थिक सहयोग गरेका छ । सोसाईटीले पाँच लाख २४ हजार ७४० रुपैयाँ जलेश्वर बचाउ अभियानको नाममा गरिमा विकास बैंकको खाता नं. ०३७१०१००७४००७५०००००१ मा नगद जम्मा गरी बैंक भौचर आज जलेश्वरका बुबाआमा सुकराम महतो...

थारूवान

युएई । नेपाली दूतावास अबुधाबीले छैटौं संविधान दिवसको उपलक्ष्यमा दूतावास परिसरमा झन्डोत्तलन गरेको छ । सेप्टेम्बर २० तारिख आइतबार एक कार्यक्रम गरी दूतावासको मुख्य भवनको उच्च तथा अग्रभागमा युएईका लागि नेपाली राजदूत कृष्णप्रसाद ढकालले झन्डोत्तलन गरेका हुन् । झन्डोत्तलन कार्यक्रममा उपनियोग प्रमुख रिता धिताल, श्रम काउन्सिलर निर्मला थापा, द्वितीय...

थारूवान