4

छोराछोरीलाई शिक्षाबाट वञ्चित नगरौं : मेयर चौधरी

सन्तोष दहित/घोराही। घोराही उपमहानगरपालिकाका नगर प्रमुख नरुलाल चौधरीले थारु समुदायलाई शारीरिक श्रम नभई ज्ञानको श्रममा लाग्न आग्रह गरेका छन् । घोराही, ७ घुस्रामा आयोजना गरिएको थारु कल्याणकारिणी सभा दाङको संगठन विस्तार तथा जागरण अभियान कार्यक्रमलाई सम्बोधन गर्दै उनले थारु समुदायले सदियो वर्षदेखि शारीरिक श्रम गरेकै कारणले पछि परेको बताए...

थारूवान

कुङ्बा कान्छा रेशमलाल बिचल्लीत नबन तानाशाहको हत्कडी जतिनै मजबुत भए पनि जनताको आवाज र शक्तिलाई बाँध्न सक्दैन।

थारूवान

सोमना थारु/बेल्जियम। टीकापुर घटनाका मुख्य आरोपी भनिएका सांसद रेशमलाल चौधरीलगायत ११ जनालाई कैलाली जिल्ला अदालतले जन्मकैद सजायको फैसला गरेको छ । यो फौसलाले फेरि पहिचानवादीहरु र थारुहरु झस्किएका छन्। उनीहरुले आफूहरुमाथि राज्य र न्यायलयले फेरि पनि विभेद् गरेको भनिरहेका छन्। हाम्रो न्यायालयमा भ्रष्टाचार हुन्छ। हाम्रो न्यायालय राजनीतिक शक्तिको प्रभावमा...

थारूवान

संघीय सांसद तथा नेपाल कम्युनिष्ट पार्टीको संसदीय दलकी सचेतक शान्ता चौधरी बेहोस भएर अस्पतालमा भर्ना भए पनि डिस्चार्ज भएकी छन् । चौधरी साढे ५ घन्टाको उपचार पछि डिस्चार्ज भएकी छन् । मंगलबार बिहान तुलसीपुरमा सरकारी वकीलको कार्यालय उद्घाटन कार्यक्रमलाई सम्वोधन गरेको केही समय पछि उनी बेहोस भएकी थिइन् ।

थारूवान

महेन्द्र राय यादव। सरकार निर्माणको प्रक्रियामा राजपाले सरकारलाई समर्थन जनाएको थियो । शान्ति, स्थिरता, सुशासनको विषयमा मधेस, आदिवासी जनजाति, थारु, मुुस्लिमले उठाएका मुद्दालाई सम्बोधन गर्ने प्रतिवद्धताअनुसार यो सरकारलाई समर्थन जनाएका थियौं ।

थारूवान

थारु कल्याणकारिणी सभा तथा थरुहट/थारुवान संयुक्त संघर्ष समितिले शुक्रबार काठमाडौंको माइतीघर मण्डलामा शान्तिपूर्ण विरोध एवं धर्ना कार्यक्रम गरेको छ । कैलाली क्षेत्र नं. १ बाट निर्वाचित सांसद रेशम चौधरी लगायत ११ जनालाई कैलाली अदालतबाट जन्मकैदको फैसला सुनाइएपछि त्यसको विरुद्धमा शान्तिपूर्ण विरोध एवम धर्ना कार्यक्रम गरिएको हो । 

थारूवान

टीकापुर घटनाको फैसलालाई लिएर नयाँ शक्ति पार्टी नेपालका संयोजक एवं पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले असन्तुष्टि व्यक्त गरेका हुन्। उनले ट्विटरमा जिल्ला अदालत कैलालीको फैसलाबारे असन्तुष्टि व्यक्त गरेका हुन्।

थारूवान

गएको पुस १९ गते सपथ ग्रहण गर्न संसद सचिवालय सिंहदरवार पुगेका रेशम चौधरी ढाकाको दौरा सुरुवालमा सजिएका थिए। कालो चस्मासहित सजिसजाउ बनेर सिंहदरबारभित्र पसेका उनको स्वागतमा माला लगाउनेहरुको पनि लर्को थियो। रेशमको शाही ठाँटको सपथ ग्रहण देख्दा लाग्थ्यो – यी अब छिट्टै छुट्दैछन्। सायद, रेशम चौधरी पनि त्यही सोचमा...

थारूवान

कैलाली जिल्ला अदालतको फैसलापछि थरुहट नेता लक्ष्मण थारु रिहा भएका छन्। उनी सेन्ट्रल जेल बागदरबाट रिहा भएका हुन्। उनलाई पत्‍नी पार्वती चौधरीले स्वागत गरेका थिए।

थारूवान

राष्ट्रिय जनता पार्टी, नेपालले पार्टीका सांसद रेशमलाल चौधरीलाई जन्मकैदको सजाय तोक्ने जिल्ला अदालत कैलालीको फैसला मान्य नहुने चेतावनी दिएको छ। राष्ट्रिय जनता पार्टी, नेपालका नेता राजेन्द्र महतोले जनताको प्रतिनिधिलाई जन्मकैदको सजाय दिने फैसला दिने जिल्ला अदालत, कैलालीको फैसला मान्य नहुने चेतावनी दिएका हुन्।

थारूवान