1

सप्तकोसीमा पानीको बहाव पुलसम्मै

केही दिनदेखि पहाडी जिल्लाहरूमा भइरहेको लगातारको वर्षाले यो साता सप्तकोसीमा पानीको बहाव पुलसम्मै पुगेपछि जोखिम बढेको छ । चार दिनअघि यो वर्षकै उच्च बिन्दुमा पुगेको पानीको बहाव बिहीबार केही घटे पनि पुलको उचाइ तल झरेको छैन । पछिल्लो केही सातादेखि सप्तकोसीमा पानीको बहावमा घटबढ भइरहेको छ ।

थारूवान

तराई–मधेस लोकतान्त्रिक पार्टीको प्रथम महाधिवेशन सोमबार नवलपरासीको परासीमा सुरु भएको छ। कार्यक्रम उद्घाटन गर्दै अध्यक्ष महन्थ ठाकुरले राज्यका हरेक निकायमा मधेसीको जनसंख्याको अनुपातमा समानुपातिक समावेशी प्रतिनिधित्व हुनुपर्नेमा जोड दिए। सरकार वार्ताका लागि गम्भीर नभएको आरोप लगाउँदै उनले सार्थक वार्ता आह्वान भए आफूहरु तयार रहेको बताए।

थारूवान

रहस्यमय बन्दै आएको फुटबलर विमल घर्ती मगरकी बहिनी मनिषा घर्ती मगरको मृत्यु-रहस्यबारे आज प्रहरीले प्रारम्भिक प्रतिवेदन सार्वजनिक गरेको छ।

थारूवान

नेपाल विद्युत प्राधिकरणले आजदेखि लागू हुनेगरी लोडसेडिङ घटाएको छ। प्राधिकरणले सातामा ७ घण्टा लोडसेडिङ घटाएर ७० घण्टामा झारेको छ। नदीहरुमा पानीको जलस्तर बढ्ने क्रममा रहेको लोडसेडिङ घटाइएको प्राधिकरणले जनाएको छ। तालिका हेर्नुस्: 

थारूवान

सीएन थारु। थारु अहिले संघीय गठबन्धनसँगै आन्दोलनमा उत्रेको छ। संघीय गठबन्धनको पनि आफ्नै सीमा रहेकाले जारी संघर्षबाट उपलब्धी के हुने? विश्लेषण गर्नै पर्ने देखिन्छ। टीकापुर (कैलाली) घटनापछि थारुको आन्दोलनमा संलग्नता न्यून हुँदै गएको थियो। अन्नपूर्ण पोष्टको समाचारअनुसार उक्त समुदायको सक्रियता बढाउन विभिन्न आन्तरिक तथा बाह्य प्रयास हुन थालेका छन्।...

थारूवान

संघीय गठबन्धनले काठमाडाैं केन्द्रीत अान्दाेलनमा थारूहरूकाे उपस्थिति कम भएकाे भन्दै उपस्थिति बढाउन आग्रह गरेको छ। अाइतबारबाट सुरु भएको सिंहदरवार घेराउ कार्यक्रममा थरूहट तराइ पार्टी नेपालका कार्यकर्ता र थारू विद्यार्थी समाजकाे न्यून उपस्थिति रहेकाले उपस्थिति बढाउन गठबन्धनले आग्रह गरेको छ। एक थरूहट पक्षधर युवा नेताले पनि उपस्थिति कम भएको स्वीकारे। उनले...

थारूवान

संघीय गठबन्धनले आयोजना गरेको सिंहदरवार घेराउको पहिलो दिन आन्दोलनकारीहरुले प्रधानमन्त्री केपी शर्मा ओलीका नाममा विभिन्न नाराहरु प्रस्तुत गरे। उनीहरु ओलीविरुद्ध आक्रोशित हुँदै नाराबाजी गरिरहेका थिए। पाँच भिडियोमा हेर्नुस् नारा।

थारूवान

संघीय गठबन्धन प्रमुख एवं संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले तराई–मधेस आन्दोलनले राष्ट्रिय स्वरूप ग्रहण गरेको बताएका छन्। ‘तराई–मधेस आन्दोलनले राष्ट्रिय स्वरुप ग्रहण गरेको छ, जसलाई अन्तर्राष्ट्रिय समुदायले पनि गम्भीरतापूर्वक हेरेका छन्,’ गठबन्धन नेतृत्वमा आइतबार गरिएको सिंहदरबार घेराउ कार्यक्रममा यादवले भने, ‘७० प्रतिशतभन्दा बढी जनताको समर्थन रहेको आन्दोलनले...

थारूवान