सँस्कृति

थारू समुदायमा छोराछोरीहरूको सामूहिक विवाह गरिदिने चलन

विमला चौधरी बाँकेको राप्तीसोनारी गाउँपालिकाकी नवलपुरकी सविता थारूसहित उनका अन्य तीन दिदी बहिनीको गत फागुन ४ मा एकै साथ विवाह गरे। चार दिदी बहिनी एकै किसिमको पोसाकमा बेहुली भएर सजिएका थिए। सविताले त्यसरी विवाह गर्दा खुसी लागेको बताइन्। तर विवाहको दिन एक अर्काको बेहुलालाई राम्ररी चिन्न समेत नपाएको उनले...

विमला चौधरी

गाभर भ्याली होमस्टेमा चैत १२-१३ गते मौलिक भोजन मेला आयोजना हुने भएको छ। ‘रैथानलेमा भर, स्वास्थ्य जीवनको आधार’ नारासहित आयोजना हुने ‘मौलिक (रैथाने) खाना मेला’मा लुम्बिनी प्रदेशका विभिन्न जातजातिमा प्रचलित नाचको अवलोकनसमेत गर्न पाइने बताइएको छ। मौलिक खानाको स्वादसँगै महोत्सव अवलोकन गर्न आएका पाहुनालाई विभिन्न जातजातिमा प्रचलित नाच हेर्ने...

थारुवान संबाददाता

लखन चौधरी अन्य समुदायजस्तै आदिवासी थारू समुदायमा पनि होली अर्थात धुरहेरी/होरी पर्वको आफ्नै ऐतिहासिक, धार्मिक र सांस्कृतिक पक्ष रहेको छ । हिन्दू धर्मको विभिन्न पुराणमा उल्लेख भएको कथाअनुसार असत्य तथा अत्याचारमाथि सत्य र इमान्दारिताको जीतको प्रतीकको रुपमा यस पर्वलाई लिइन्छ ।

लखन चौधरी

बासमती राना नेपालको सुदूरपश्चिम प्रदेशका दुई जिल्ला कैलाली र कञ्चनपुरका करिब १३५ ओटा गाउँ र छिमेकी राष्ट्र भारतको उत्तर प्रदेश र उत्तराखण्डका केही जिल्लामा सदियौंदेखि आदिवासीको रूपमा बसोबास गर्दै आएका छन् राना थारूहरू । यस समुदायको सबैभन्दा ठूलो चाडको रुपमा होली पर्व रहेको छ । प्रस्तुत आलेखमा यसबारे चर्चा...

बासमती राना

कैलालीको धनगढीमा संघीय सरकारले तीन करोडमा निर्माण गरेको थारु संग्रहालय प्रभावकारी रुपमा सञ्चालनमा बेवास्ता गरिएको छ। धनगढीमा संघीय सरकारको तीन करोड बजेटमा निर्माण गरेको थारु संग्रहालय प्रभावकारी रुपमा सञ्चालन गर्न उपमहानगरपालिकाले बेवास्ता गरेको हो।

रोशन भट्ट

थारु समुदायमा पाक्ने पहिचानसहितका खानाका लागि थारु बस्ती पुग्नुपर्दैन। चितवनको नारायणगढको व्यस्त सहरको बीचमा एक थारु युवाले आफ्नो पहिचानसहितको खानाको होटल सञ्चालन गर्दै आएका छन्। उच्च शिक्षा अध्ययनपछि एक दशकभन्दा लामो होटल क्षेत्रको अनुभव सङ्गालेर भरतपुर महानगरपालिका–२८ मेघौलीका कृष्ण महतोले नारायणगढको कमलनगरमा होटल ह्याप्पी होम सञ्चालन गरेका हुन्।

थारुवान संबाददाता

सुनसरीमा आयोजित बुर्जु महोत्सवमा हिजो भोजपुरी स्टार खेसरीलाल यादव नआएको भन्दै दर्शकले विध्वंस मच्चाए ।महोत्सवस्थलमै चारवटा स्करर्पिओ गाडीमा तोडफोड र आगजनी भएको थियो । कलाकार यादवले यस विषयमा मुख खोल्दै सबै दोष आयोजकलाई दिएका छन् ।

थारुवान संबाददाता

सरकारले कोरोना भाइरसको जोखिमलाई मध्यनजर गर्दै मेला महोत्सवमा रोक लगाएपछि काठमाडौंको टुडिखेलमा हुने भनिएको थारु माघी महवत्सव स्थगित भएको छ। थारु कल्याणकारिणी सभासहित थारु सम्बद्ध संघसंस्थाहरुको संयुक्त आयोजना काठमाडौंको टुडिखेलमा महोत्सव आयोजना हुँदै आएको थियो।

थारुवान संबाददाता

माघी पर्वको महान अवसरमा वीरेन्द्रनगरमा लखागिन थारु उत्थान मञ्च, सुर्खेत र थारु अर्गानिक सामुदायिक होमस्टे वीनपा ९ तिलपुरको आयोजनामा माघीको महत्वबारे प्रशिक्षण सहित विविध साँस्कृतिक नाचगान गरी शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न भएको छ।

थारूवान

थारु समुदायको कला संस्कृतिलाई संरक्षण गर्न प्रत्येक वर्ष आयोजना गरिँदै आएको खिचरा महोत्सव यसवर्ष पुस ३० गतेबाट हुने भएको छ। खैरहनीस्थित गौचरनमा महोत्सव आयोजना गर्न लागिएको हो। महोत्सव आगामी माघ १० गतेसम्म चल्ने छ। महोत्सवको तयारी भइरहेको आयोजक थारु कल्याणकारिणीसभा क्षेत्र नं ७ ले जनाएको छ।

थारुवान संबाददाता